आफ्नो नाममा चन्दा संकलन गरिरहेको फेक फाउन्डेशनबाट सचेत रहन सोनुको आग्रह एजेन्सी। भारतमा कोभिड–१९ महामारीमा मानिसहरुलाई सक्रिय रुपमा सहयोग गरिरहेका बलिउड अभिनेता सोनु सुदले सोमबार उनको नाममा चलिरहेको फेक फाउन्डेशनद्वारा चन्दा संकलन गर्नेहरुबाट सचेत रहन आग्रह गरेका छन्। ४७ वर्षिय अभिनेता सुदले ट्विट गर्दै आफ्नो कुनै सम्बन्ध नरहेको एक संगठनले उनको नाममा चन्दा मागिरहेको बताउँदै भनेका छन्, ‘कृपया सर्तक रहनुहोस् र नजिकैको पुलिस थानामा यसको उजुरी गर्नुहोस।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्