चक्रवातले अजय देवगणको नयाँ फिल्म 'मैदान'को सुटिङ सेटमा नोक्सान एजेन्सी। कोभिड-१९ को महामारीका कारण लगातार पर सरिरहेको बलिउड स्टार अजय देवगणको आगामी फिल्म 'मैदान'को सुटिङ फेरि एकपटक पर सर्ने देखिएको छ। चक्रवात टाउटेका कारण फिल्मको सुटिङ सेटलाई निकै नोक्सान भएको छ। फिल्मको सुटिङ मुम्बईको बाहिरी इलाकामा भइरहेको थियो। एक रिर्पोटकाअनुसार चक्रवातका कारण सेट पूरा भत्किएको छ। रिर्पोटअनुसार चक्रवातका बेला सेटमा करिब ४० जना रहेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्