आन्ध्र प्रदेशमा अक्सिजन प्लान्ट बनाउँदै कलाकार सोनु सुद एजेन्सी। बलिउड कलाकारले भारतका विभिन्न ग्रामीण भेगमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरेका छन्। सर्वप्रथम आन्ध्र प्रदेशको कुरनुल र नेल्लोरमा प्लान्ट स्थापना गर्ने उनले बताएका छन्। उनले ट्विटरमा लेखेको छन्, ‘‘भारतका ग्रामीण भेगमा मद्दत गर्ने समय हो यो। आन्ध्रपछि अन्य आवश्यक ठाउँमा पनि अक्सिजन प्लान्ट स्थापना गर्ने छु।’’ कोरोना महामारीका क्रममा सुदले सयौं मानिसलाई मद्दत गरिसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्