बालगृहलाई अभिनेता रमितको एक लाख सहयोग काठमाडौं। अभिनेता रमित ढुंगानाले काठमाडौँको जोरपाटीमा बालगृहलाई एक लाख रूपैयाँ सहयोग गरेका छन्। रमितले बालबालिका, महिला तथा शिक्षा सहयोगी फाउन्डेशन नेपालकी संस्थापक श्वेता केसीलाई उक्त रकम हस्तान्तरण गरेका हुन्। फाउन्डेशनद्वारा सञ्चालित उक्त बालगृहमा २५ जना अनाथ बालबालिकाहरू आश्रित छन्। हाल सिनेक्षेत्रबाट टाढिएका रमितले केही दिनअघि मोरङमा रहेका भुटानी शरणार्थीलाई खाद्यान्न सहयोग गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्