कंगना रनौतका बडीगार्ड पक्राउ, महिलालाई झुटो आश्वासनको आरोप एजेन्सी। पछिल्लो समय विभिन्न कारणले चर्चामा रहेकी बलिउड अभिनेत्री कंगना रनौतका बडीगार्ड कुमार हेगडे पक्राउ परेका छन्। उनले एक महिलालाई विवाह गर्ने आश्वासन दिएर यौनशोषण गरेको आरोप छ। हेगडेलाई कर्नाटकस्थित उनकै गाउँबाट प्रहरीले पक्राउ गरेको हो। पीडित ३० वर्षीया महिलाले हेगडेविरुद्ध प्रहरीमा उजुरी गरेकी थिइन्। विवाहको आश्वासन दिएको तर विवाह नगरेको आरोप महिलाले लगाएकी छिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्