श्रीदेवी र बोनीकी कान्छी छोरी खुशी फिल्म क्षेत्रमा डेब्यु गर्दै एजेन्सी। जाह्नवी कंपूरपछि श्रीदेवी तथा बोनी कपूरकी दोस्रो छोरी खुशी कपूर पनि फिल्मक्षेत्रमा प्रवेश गरकी छिन्। खुसीले बलिउडमा नभई तेलुगु सिनेमाबाट फिल्म क्षेत्रमा डेब्यु गर्दै छिन्। तेलुगु निर्माता दिल राजुले खुसीलाई तेलुगु सिनेमामा लन्च गर्नेछन्। निर्माता राजुको बोनीको परिवारसँग निकै राम्रो सम्बन्ध रहेको छ। बोनीले निर्माता राजुसँग मिलेर पवन कल्याण स्टारर सुपरहिट तेलुगु फिल्म ‘वकिल साब’मा लगानीसमेत गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्