मनोरञ्जनसँग जोडिएका स्वतन्त्र पत्रकारहरुलाई अमिताभ बच्चनको सहयोग
एजेन्सी। भारतमा कोरोना महामारीका कारण मनोरञ्जन क्षेत्रसँग जोडिएका स्वतन्त्र पत्रकारहरुलाई बलिउड महानायक अमिताभ बच्चनले सहयोग गरेका छन्। हालै अमिताभले भारतका धेरै स्वतन्त्र पत्रकारहरुको आर्थिक स्थितीको जानकारी लिदै उनीहरुको बैंक खातामा केही रकम जम्मा गरिदिएका हुन्। अमिताभबाट आर्थिक सहयोग पाएका एक पत्रकारकाअनुसार बच्चनले हालसम्म कोरोनाविरुद्ध लड्न १५ करोड भारु सहयोग गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस्