फाइभजी प्रविधिमाथि हालेको जूहीको मुद्धा खारेज, २० लाख जरिवानासमेत तिर्नुपर्ने एजेन्सी। बलिउड अभिनेत्री जूही चावलाले दिल्ली अदालतमा फाइभजी प्रविधिमाथि प्रश्न गर्दै दर्ता गराएको मुद्धाको शुक्रबार सुनुवाई भएको छ। सुनुवाईमा अदालतले बिनाकुनै ठोस कारण मुद्धा दर्ता गराएको भन्दै जूहीको मुद्धालाई खारेज गरिदिएको छ। अदालतले मुद्धादर्ता गराउनेलाई कानूनी प्रक्रियाको गलत प्रयोग गरेको भन्दै२० लाख भारु जरिवानासमेत गरेको छ। अदालतले मुद्धादर्ता गराउनेले अदालतको अमूल्य समय बर्बाद गरेको भन्दै २० लाख जरिवाना तोकेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्