आफू फाइभजी प्रविधिको विरुद्धमा नभएको जुहीको दाबी
एजेन्सी। बलिउड अभिनेत्री जुही चावलाले आफू फाइभजी प्रविधिको विरोधी नभएको दाबी गरेकी छन्। जुहीले आफ्नो ट्विटर ह्यान्डलमा एक भिडियो शेयर गर्दै आफू फाइभजीको विरोधमा नरहेको बताएकी हुन्। उनले भिडियोमा आफूले सबन्धित निकायसँग फाइभजी प्रविधि सुरक्षित रहेको पुष्टि गर्न मात्रै माग गरेको बताइन्। यसअघि फाइभजी प्रविधिमाथि प्रश्न उठाउदै हालेको मुद्दा अदालतले खारेज गर्दै उनलाई २० लाख जरिवाना समेत तोकेको थियो।
प्रतिक्रिया दिनुहोस्