अर्जुन कपुरको जन्मदिनमा प्रेमिका मलाइकाले शेयर गरिन शुन्दर फोटो एजेन्सी। बलिउड अभिनेता अर्जुन कपुरको जन्मदिनमा प्रेमिका मलाइका अरोडाले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एक सुन्दर तस्वीर शेयर गर्दै अर्जुनलाई जन्मदिनको शुभकामना दिएकी छन्। मलाइकाले शेयर गरेको उक्त फोटोमा हासोसँगै दुवैजनालाई निकै खुसी देख्न सकिन्छ। अर्जुन र मलाइका लामो समयदेखि रिलेशनशिपमा छन्। अर्जुनको जन्मदिनमा करीना कपुर, सोनम कपुर, अनुष्का शर्मा, कटरीना कैफ, आयुष्मान खुरानालगायत धेरै बलिउड स्टारले शुभकामना दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्