शाहरुख खानको फिल्मबाट बलिउडमा डेब्यु गर्दै दक्षिण भारतकी अभिनेत्री नयनतारा एजेन्सी। दक्षिण भारतकी चर्चित अभिनेत्री नयनतारा बलिउडमा डेब्यु गर्दैछिन्। एक रिर्पोटका अनुसार आफ्नो पहिलो हिन्दी फिल्ममा नयनतारा शाहरुख खानसँग देखिनेछिन् जसलाई तमिल फिल्मका निर्देशक एटली कुमारले निर्देशन गर्नेछन्। रिर्पोटले केही समयअघि शाहरुख र निर्देशकबीच फिल्मको बारेमा कुराकानी भएको र हाल नयनताराले फिल्ममा साइन गरेको खुलाएको छ। नयनताराले यसअघि तमिलका दुई फिल्ममा एटली कुमारसँगै काम गरकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्