सुरीलीले विवाहित दिदी यामीलाई सजाउँदै गरेको फोटो भाइरल एजेन्सी। हालैमात्र विवाहबन्धनमा बाँधिएकी अभिनेत्री यामी गौतमकी बहिनी सुरीली गौतमले सामाजिक सञ्जालमा दिदीसँगको एक सुन्दर तस्वीर शेयर गरेकी छन्। फोटोमा विवाहपछि यामी हरियो सारीमा देखिएकी छन्। जसलाई बहिनी सुरीलीले तयार गरिरहेको देखिन्छ। फोटोसँगै सुरीलीले क्याप्सनमा ‘आफ्नो राम्री दिदीलाई सजाउनुको खुशी’ लेखेकी छन्। यामीले ४ जुनमा बलिउड फिल्म निर्देशक आदित्य धरसँग विवाह गरेकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्