स्टारकिडलाई बलिउडमा डेब्यु गराउँदै हर्सल मेहता एजेन्सी। बलिउडको ‘फर्स््ट फ्यामिली’ कपुर परिवारको एक नयाँ स्टार किडले बलिउडमा डेब्यु गर्दैछन्। २०२०को चर्चित वेब सीरीज ‘स्क्याम१९९२’का निर्देशक हर्सल मेहताले शशी कपुरका नाति जहान कपुरलाई बलिउडमा डेब्यु गराउने भएका हुन्। फिल्मको टाइटल हाल पक्का नभएपनि जहानको डेब्यु फिल्मको निर्मातामा अनुभव सिन्हा रहनेछन्। हर्सलको यश फिल्ममा ‘बमफड’बाट बलिउडमा डेब्यु गरेका अभिनेता परेस रावलको छोरा आदित्य रावल पनि अहम् भूमिकामा देखिनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्