फरक लुकमा रणवीर एजेन्सी। बलिउडमा निकै फरक फेशन स्टाइललाई प्रयोग गर्ने अभिनेता रणवीर सिंह फेरि एकपटक गुची फेशन ब्राण्डको ड्रेशअपसँगै फरक लुकमा देखिएका छन्। फोटोमा रणवीर इटालियन फेशन ब्राण्डको १९६१को कलेक्शनसँगै लामो कपालमा देखिएका छन्। रणवीरले यो फोटो लामो कपाल पाल्न शौखिन गुचीको क्रिएटिभ डाइरेक्टर एलेजेन्ड्रो मिशेलप्रती समर्पित गरेका छन्। फोटोमा रणवीरको गलामा सुनको हार र हातमा गुचीको१९६१ कलेक्शनको ह्यान्डब्याक पनि देख्न सकिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्