अनिल सिंहको ‘दशैं आयो...’

काठमाडौं। पप गायक अनिल सिंहले ‘दशैं आयो...’ गीत सार्वजनिक गरेका छन्।

लामो अन्तरालपछि अनिलको गीत आएको हो । उनले युट्युवमा गीतको लिरिकल भिडिओ सार्वजनिक गरेका हुन्।

गीतले भन्छ–

‘दशैं आयो

सबैको साझ नेपाली माझ आयो है बहार

गाउँ र सहर रंगीयो सारा छायो है लहर

लाएर रातो टिका जमरा उडाउँ है चंगा सरर

हर्ष र उल्लास जोस र जाँगर खेलौँ है पिङ सरर

चचहुई सररर....’

यो गीतमा सञ्चारकर्मी एवं गीतकार नरेश भट्टराईको शव्दमा संगीत अनिलकै रहेको छ।

दशैंमा गरिने क्रियाकलाप गीतमा समेटिएको छ।

युट्युवमा अनिलको गीतलाई दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्