इनरस्प्रिङ या फोम राखेर राम्रो तरिकाले बनाएको डस्ना प्रयोग गर्नुहोस्। तपाईं सुत्ने गर्नुभएको बिस्तारामा फोमको म्याट्रेस थप्न सक्नुहुन्छ जसले तपाईंको ओछ्यान नरम र लचकदार बनाइदिन्छ। कडा खालको डस्नामा सुत्दा पनि ढाड दुख्ने समस्या उत्पन्न हुन सक्छ। आफ्नो मेरुदण्डलाई तटस्थ राख्नको लागि तपाईंले सिरानीको पनि प्रयोग गर्न सक्नुहुनेछ।
उत्तानो परेर सुत्नुहोस्
सुत्ने सर्वोत्तम उपाय भनेको उत्तानो परेर सुत्नु हो। उत्तानो परेर सुत्दा तपाईंको शरीर फराकिलो हुने भएकाले तौल समानरूपमा वितरण हुन्छ। एक अंगले अर्काे अंगलाई दबाउन पाउँदैन। बाहिरी एवं भित्री इन्द्रियहरू पनि न्यूनतम दबाब पर्छ। घोप्टो परेर पेट थिचेर सुत्ने बानी छ भने यो पनि बदल्नुहोस् किनकी यसरी सुत्दा पनि ढाडको समस्या बल्झिने हुन्छ।
एकै तिर फर्केर सुत्दा तकिया प्रयोग गर्नुहोस्
रातभर एकैतिर फर्किएर सुत्दा मांसपेशीमा असन्तुलन पैदा हुन सक्छ जसले गर्दा दुखाइ बढ्न सक्छ। यदि तपाईंको एकैतिर फर्केर सुत्ने बानी छ भने पनि तिघ्राको बीचमा सिरानी राख्नुस्।
सिरानीको प्रयोग गर्नुहोस्। तपाईंले सिरानी आफ्नो टाउको र गर्धनको बीचमा राखेर जुनै पनि सुत्ने शैली अपनाउन सक्नुहुन्छ। तर, सिरानी आफ्नो काँधको मुनि नराख्नुहोला।
शरीरअनुसारको म्याट्रेस प्रयोग गर्नुहोस्
यदि तपाईंको हिप तपाईंको कम्मर भन्दा ठूलो छ भने तपाईंले नरम डस्ना वा म्याट्रेस प्रयोग गर्न सक्नुहुनेछ। तर, यदि तपाईंको कम्मरभन्दा हिप त्यति ठूलो छैन भने मोटो र कडा डस्ना प्रयोग गर्न सक्नुहुन्छ।
" />इनरस्प्रिङ या फोम राखेर राम्रो तरिकाले बनाएको डस्ना प्रयोग गर्नुहोस्। तपाईं सुत्ने गर्नुभएको बिस्तारामा फोमको म्याट्रेस थप्न सक्नुहुन्छ जसले तपाईंको ओछ्यान नरम र लचकदार बनाइदिन्छ। कडा खालको डस्नामा सुत्दा पनि ढाड दुख्ने समस्या उत्पन्न हुन सक्छ। आफ्नो मेरुदण्डलाई तटस्थ राख्नको लागि तपाईंले सिरानीको पनि प्रयोग गर्न सक्नुहुनेछ।

">