आफ्नो लामो करिअरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ प्रा.डा. सरोज ओझाले कति बिरामीको उपचार गरे गन्ती गरेका छैनन्। तर, कोभिड-१९ को महामारी फैलिँदै जाँदा उनको दैनिकी फेरिएको छ। लकडाउनका कारण अस्पतालमा आउने मानसिक रोगीको संख्या कम भएको छ। तर, देश-विदेशबाट फोनमा समस्या सुनाउने र सुझाव माग्नेहरूको क्रम एक्कासl बढेको छ।
महामारीको भयले निद्रा नलाग्ने, मन हतास हुने, खानामा अरूचि हुने, टोलाउने, असामान्य व्यवहार देखिने गरेको भन्दै उनलाई फोनमा गुनासो गरिरहेका हुन्छन्। केही दिनयता त यस्तो समस्या बालबालिकामा देखिएको भन्दै फोन आइरहेको डा. ओझा बताउँछन्। भन्छन्, “मेरो नानीबाबु हतास हुने, डराउने, तर्सिने, नखाने, झगडा मात्र गर्ने, भाग्न खोज्ने गर्छन् म के गरूँ डाक्टर साप भन्दै धेरै अभिभावकले सल्लाह माग्न थालेका छन्।”
उनले ती अभिभावकलाई बालबालिकालाई शारीरिक र मानसिकरूपमा सक्रिय राख्ने घरेलु क्रियाकलाप गराउन सुझाव दिने गरेको बताए। उनका अनुसार अहिले संसारैभर बढेको सन्त्रास र लामो लकडाउनले मानिसहरूमा बेचैनी र विषाद (डिप्रेसन) बढ्ने सम्भावना हुन्छ। “यसको जोखिममा बालबालिका पनि धेरै नै छन्। त्यसैले अभिभावक बेलैमा सतर्क हुनुपर्छ”, डा. ओझा भन्छन्।
डा. ओझाका अनुसार हुर्कंदो उमेर भएकाले बालबालिकालाई शारीरिक गतिविधि अत्यन्तै आवश्यक हुन्छ। तर, लकडाउनले कोठामै सीमित बनाइदिएको छ। अर्कोतर्फ, बाल मनस्थिति कमजोर नै हुन्छ। उनीहरूलाई स-साना घटनाले पनि छिटै नै असर पार्छ। वरिपरि सबैलाई त्रसित अवस्थामा देख्दा उनीहरू मानसिकरूपमा विक्षिप्त हुन सक्छन्। बालबालिकालाई मानसिक असर पर्न नदिन अभिभावक र परिवार सक्रिय हुनुपर्ने उनको सुझाव छ।
महामारीको यो समयमा बालबालिकालाई मानसिक स्वास्थ्यबारे डा. ओझाका विचार यस्ता छन्ः
बालबालिकालाई पर्ने मानसिक असर कस्ता हुन्छन् ?
बालबालिकाको उमेर पढ्ने, खेल्ने, मनमा लागेका विभिन्न काम गर्ने हो। यी नियमित प्रक्रियाबाट वञ्चित भएपछि अहिले उनीहरूको ध्यान मोबाइल र इन्टरनेटमा छ। यसले गर्दा खानपिनमा ध्यान नदिने, अभिभावकसँग झर्कने, झगडा गर्ने र कुनामा गई बस्ने समस्या देखिन सक्छ। चाहेअनुसार बाहिर खेल्न नपाउँदा रिसले सामान फुटाउने गरेको पनि पाइएको छ। पढाइमा समेत ध्यान दिन नसक्ने र भविष्यको चिन्ता, डर र त्रासले सशंकित भएको पनि भेटिएको छ।
कोभिड–१९ बारे बालबालिकाको जिज्ञासा कसरी समाधान गर्ने ?
बालबालिकालाई तीन समूहमा बाँड्न सकिन्छः पाँच वर्ष मुनि, ५–१५ वर्ष र १५–१८ वर्ष।
पाँच वर्षमुनिका बालबालिकासँग यो रोगबारे कुरै नगर्दा राम्रो हुन्छ। उनीहरूलाई माया, ममता र स्नेह दिएर राख्नुपर्छ।
आठ वर्षमाथिका बालबालिकाले केही कुरा बुझ्न सक्छन्। उनीहरूले टेलिभिजन, रेडियो, युट्युबमा पनि कोभिड-१९ बारे केही सुनिरहेका हुन सक्छन्। त्यसैले डराउने, आत्तिने गर्न सक्छन्। उनीहरूलाई त्रसित नगराई सामान्य ढंगमा यसबारे सही सूचना दिनुपर्छ।
१५ देखि १८ वर्ष उमेर समूहका बालबालिका किशोरकिशोरी पनि हुन्। उनीहरूले सबै कुरा बुझ्छन्। यस उमेर समूहका बालबालिकामा कुतूहुलता पनि बढी नै हुन्छ। उनीहरूलाई परिवार, आफन्त र साथीहरूको साथको बढी नै खाँचो हुन्छ। यस उमेर समूहका बालबालिकालाई कोभिड-१९ को असर पनि धेरै नै परेको पाइएको छ। पढाइ र भविष्यको चाहिने भन्दा बढी नै चिन्ताले उनीहरूलाई डिप्रेसनमा पुर्याएको छ। अभिभावकले उनीहरूलाई सकारात्मक चिन्तनका लागि अभिप्रेरित गर्नुपर्छ। धेरै चिन्ता लिन दिनुहुँदैन।
यस्तो चिन्तामा बढी एसईईका विद्यार्थी छन्, तिनलाई के गर्ने ?
स्वास्थ्य छ त जीवन छ। त्यसकारण भविष्यको बढी चिन्ता लिनु आवश्यक छैन। खुसी भएर अभिभावकलाई घरको काममा सघाउने, ठिक समयमा सुत्ने र उठ्ने गर्नु उचित हुन्छ। सामाजिक सञ्जालमा धेरै समय नबिताऊँ, यसले नकारात्मक भावना जागृत गराउँछ। परीक्षाको चिन्ता बढी लिए, शरीरमा नकारात्मक हर्मन बढ्छ। यसले हाम्रो सोच्ने क्षमता पनि कम गराईदिन्छ। सन्तुलित भोजन गर्ने, तालिका बनाएर समय व्यवस्थापन गर्दै, नयाँ विषय र ज्ञानको खोज गर्नाले क्षमता अभिवृद्धि हुन्छ।
अभिभावकले बालबालिकाको कसरी ख्याल राख्ने ?
– भ्रम सिर्जना हुने र कोरोनाबाट मृत्यु भएको धेरै समाचार नसुनाउने।
– कोरोनाबाट सुरक्षित रहने उपायहरू जटिल नबनाई सामान्यरूपले बुझाउने।
– बालबालिकाको रूचि र चाहना के छ सोध्ने र मनोभाव बुझेर खुशी बनाउने व्यवहार गर्ने।
– बढी सुत्न नदिने। घरायसी कार्य र अन्य सरसफाइमा व्यस्त राख्ने।
– चित्र कोर्न, पढ्न, नाच्न, गाउन, गफ गर्न, खानाका परिकार बनाउन वा उनीहरूलाई जस्तो मन पर्छ त्यस्तै रचनात्मक काम गर्न दिने। उनीहरूको मनलाई प्रसन्न बनाई राख्ने।
– यसबेला उनीहरूले असामान्य व्यवहार देखाए बाल मनोविशेषज्ञसँग तुरून्तै परामर्श लिने।
– उनीहरूका प्रश्नलाई बेवास्ता नगरी धेरै जटिल र तनाव नलिई जवाफ दिने। बनावटी कुरा नभन्ने।
– दैनिक कार्यतालिका बनाइदिने। बिहान उठ्ने, व्यायाम गर्ने, घरको काम सघाउने, टेलिभिजन हेर्ने, अध्ययन गर्ने, खेल्ने, सुत्ने तालिका पालन गर्न लगाउने।
– उनीहरूलाई सक्रिय राख्न बालबालिकाहरूले लेखिरहेको, चित्र कोरिरहेको, खेलिरहेको, टेलिभिजन हेरिरहेको ठाउँमा साथी बनेर सहभागी बन्ने। यसो गर्दा उनीहरूलाई आत्मबल र सन्तुष्टि मिल्छ।
– बालबालिकाका लागि तयार पारिएका च्यानल, शिक्षामूलक र जानकारीमूलक सामग्री मात्र हेर्न दिने। जथाभाबी भिडिओ हेर्दा पनि मानसिक स्वास्थ्यमा असर पुग्छ।
– कथा, कविता, गीत सुनाउने। उनीहरूलाई पनि भन्न लगाउने।
– बढीभन्दा बढी उनीहरूका कुरा सुनिदिने। त्यसमा रमाइदिने।
लकडाउनपछि कस्ता चुनौती आउलान् ? त्यसको व्यवस्थापन कसरी गर्ने ?
अहिलेको समयमा भोजन र व्यायाममा ध्यान नदिए धेरै रोग लाग्ने प्रशस्तै सम्भावना छ। उच्च रक्तचाप, सुगर, कोलेस्ट्रोल, मुटुको समस्या तथा अन्य दीर्घ रोग लाग्न सक्छन्। समाचार मात्र हेर्ने र मानसिकरूपमा डर, त्रास बोक्नाले डिप्रेसन, एन्जाइटीका रोगीहरू बढ्न सक्छन्। अचेत हुने, मन डराउने, भोक नलाग्ने, निद्रा नलाग्ने समस्या देखिन सुरू भएका छन्। त्यसकारण यसबेला बालबालिका, युवा तथा वृद्धवृद्धा सबै शारीरिक र मानसिकरूपमा सक्रिय हुनुपर्छ। मोबाइल, युट्युब र टेलिभिजनले हाम्रो वृद्धि, विकास र दिमाग सक्रिय गराउँदैन। मानसिक असर बढी गर्न सक्छ। त्यसकारण घरायसी काम र सिर्जनात्मक क्रियाकलापमा बालबालिकालाई सक्रिय राख्नेमा ध्यान दिनुपर्छ।
" /> आफ्नो लामो करिअरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ प्रा.डा. सरोज ओझाले कति बिरामीको उपचार गरे गन्ती गरेका छैनन्। तर, कोभिड-१९ को महामारी फैलिँदै जाँदा उनको दैनिकी फेरिएको छ। लकडाउनका कारण अस्पतालमा आउने मानसिक रोगीको संख्या कम भएको छ। तर, देश-विदेशबाट फोनमा समस्या सुनाउने र सुझाव माग्नेहरूको क्रम एक्कासl बढेको छ।महामारीको भयले निद्रा नलाग्ने, मन हतास हुने, खानामा अरूचि हुने, टोलाउने, असामान्य व्यवहार देखिने गरेको भन्दै उनलाई फोनमा गुनासो गरिरहेका हुन्छन्। केही दिनयता त यस्तो समस्या बालबालिकामा देखिएको भन्दै फोन आइरहेको डा. ओझा बताउँछन्। भन्छन्, “मेरो नानीबाबु हतास हुने, डराउने, तर्सिने, नखाने, झगडा मात्र गर्ने, भाग्न खोज्ने गर्छन् म के गरूँ डाक्टर साप भन्दै धेरै अभिभावकले सल्लाह माग्न थालेका छन्।”

">