काठमाडौं। चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो जन्मदिनमा शुभकामना दिने सबैलाई धन्यवाद भनेका छन्।
साथै, उनले कोरोना भाइरसविरुद्धको भ्याक्सिन चाँडै आओस् भन्ने कामना समेत गरेका छन्।
आजभन्दा ७० वर्ष अगाडि अर्थात २००७ सालमा उनी जन्मिएका थिए। उनी जन्मिएको दिन ७ वैशाख, अंग्रेजीमा १९ अप्रिल र तिथिमा अक्षय तृतीया परेको थियो।
उनी जन्मिएको दिन तिथि, मिति, तारिख सबै एकैदिन परेको थियो। तर, यसपालि भने उनले तीन पटक जन्मदिन मनाउनुपर्यो।
७ वैशाख, १९ अप्रिल र अक्षय तृतीया तिथि एकैदिन नपरेपछि तीनपटक जन्मदिन मनाएको उनले उल्लेख गरेका छन्।
‘यस्तो तिथि, मिति, गतेको गोलमाललाई सहेर तीनैपटक मलाई शुभकामना दिनु हुने सबैलाई धेरै धेरै माया, आदर र कृतज्ञताका साथ धन्यबाद ज्ञापन गर्दछु’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
" /> काठमाडौं। चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो जन्मदिनमा शुभकामना दिने सबैलाई धन्यवाद भनेका छन्।साथै, उनले कोरोना भाइरसविरुद्धको भ्याक्सिन चाँडै आओस् भन्ने कामना समेत गरेका छन्।

">