६३ वर्षको उमेरमा अनिल कपूरको यस्तो बडी

मुम्बई। ६३ वर्षको उमेरमा पनि बलिउड अभिनेता अनिल कपूर एकदम जवान देखिन्छन्। इन्स्टाग्राममा सेयर गरेका उनका तस्वीरको खुबै प्रशंसा गरिन्छ। फिटनेस शरीरका कारण उनका फ्यान निकै प्रशंसा गर्छन्।

अनिलमा पछिल्लो समय नियमित व्यायाम गरेका तस्वीर सार्वजनिक भइरहेका छन्। पछिल्लो समय केही महिनायता उनी नियमित व्यायाम गर्नबाट रोकिएका थिए। अहिले लकडाउनका कारण उनी फेरि नियमित व्यायाम गर्न थालेका हुन्।

आफ्नो तस्वीरमा उनले लामो स्ट्याटससमेत लेख्‍ने गरेका छन्। स्ट्याटसमा उनले शरीरलाई फिट राख्‍न कुनै समस्या नभएको बताएका छन्।

उनले लेखेका छन्, "मैले यो देखाउनका लागि सेयर गरेको होइन। केही सामान्य सल्लाह दिन चाहन्छु। यदि तपाईं आफ्नो शरीर बनाउन मिहिनेत गर्नुहुन्छ त्यसले केही हुँदैन। फरक-फरक उमेरमा अलग-अलग तरिकाले बनाउन सकिन्छ। तपाईंलाई यस्तो बडी बनाउन धेरै पैसा खर्च गर्नुपर्छ भन्‍ने सोच छ भने त्यसमा मेरो असमर्थन छ। मैले यसको लागि धेरै खर्च गरिनँ।"

पछिल्लो ६ वर्षदेखि उनी नियमित व्यायाम गर्दै आएका थिए। तर, केही समयदेखि उनले नियमित गर्न पाएका थिएनन्। कहिले फिल्म, कहिले ब्रान्डको प्रचार गर्दा या त परिवारसँग समय बिताउन खोज्दा नियमित व्यायाम छुट्थ्यो। आफ्नो शरीर मजबुत बनाउने, इम्युनिटी बढाउने र आफ्नो शरीरको सम्मान गर्नुपर्ने उनको सुझाव छ।

अनिलको तस्वीरमा अभिनेत्री शिल्पा सेट्टीले प्रेरित गर्ने तस्वीर भन्दै कमेन्ट गरेकी छन् भने फराह खानले यो तपाईंको हातबाट मात्र सम्भव छ भनेकी छन्।

प्रतिक्रिया दिनुहोस्