महामारीबाट प्रभावित रेफ्रीलाई आर्थिक सहयोग

काठमाडौं। कोभिड-१९ महामारीका कारण समास्यामा परेका रेफ्रीहरूलाई अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको नेपाल फुटबल रेफ्री संघले आर्थिक सहयोग गरेको छ ।

रेफ्री संघका अध्यक्ष बुद्धिबहादुर गुरुङले झापा, मोरङ, सुनसरी र चितवनका १० जना रेफ्रीलाई जनही चार हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराइएको बताएका छन्।

‘‘विश्वभर महामारीको रूपमा फैलिएको कोभिड-१९ का कारण समस्यामा परेका नेपाली फुटबलका रेफ्रीहरूलाई संघबाट राहतस्वरूप जिल्ला फुटबल रेफ्री संघमार्फत आर्थिक सहयोग वितरण गरिएको छ,’’ अध्यक्ष गुरुङले फेसबुकमा लेखेका छन्, ‘‘अन्य जिल्लाका रेफ्रीहरूलाई पनि समस्या भए पदाधिकारी तथा जिल्ला रेफ्री संघसँग सम्पर्कको लागि अनुरोध गर्छु।’’

संघले झापाका तीन, मोरङका दुई, सुनसरीका दुई र चितवनका तीन गरि जम्मा १० जना रेफ्रीलाई अर्थिक सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्