काठमाडौं। उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले जनजीवन सहज बनाउन लकडाउन खुकुलो मात्र बनाइएको बताएका छन्। न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा पोखरेलले लकडाउन हटाएको नभई खुकुलो पारिएको बताए। कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै मान्छेको जीवन सहज तरिकाले चलोस् र आर्थिक कारोबार अगाडि बढुन् भनेर लकडाउन खुकुलो पारिएको उनको भनाइ थियो।
पोखरेलले संक्रमण रोकथाम सरकारको आदेश वा निषेधाज्ञाबाट मात्र सम्भव नभएको भन्दै नागरिक आफै पनि सचेत हुनु जरूरी रहेको बताए। भारतबाट झन्डै १० लाख जति नेपाली फर्किएको र सुरूआतमा क्वारेन्टिनको प्रभावकारी व्यवस्था हुन नसकेको स्वीकार्दै पोखरेलले यतिबेला सरकार क्वारेन्टिनमा र समुदायस्तरमा पुगेर परीक्षण गर्न केन्द्रित भएको जानकारी दिए।
लकडाउन खुकुलो भएपछिको अवस्थामा कुनै स्थान विशेषमा गम्भीर स्थिति देखिनेवित्तिकै शिल गरिने योजना रहेको पनि उनले बताए। विगतमा केही कमजोरी भएको स्वीकार्दै उनले भने, ‛‛हिजो लकडाउन गरिरहदा अलिकति ध्यान नपुगेको के देखियो। सोलोडोलो सबै ठाउँमा एकनासले गरियो। वास्तवमा त्यसमा हामीले अलिकति स्पेसिफाइ गर्नुपर्थ्यो। अहिले पनि लकडाउनलाई खुकुलो बनाउँदा कतिपय ठाउँमा संक्रमणको स्थिति देखियो भने त्यो ठाउँ शिल हुन्छ। त्यहाँ मुभमेन्टहरु रोकिन्छन्, गतिविधिहरु सबै रोकिन्छन्। त्यो ढंगले जानुपर्छ भन्ने हाम्रो योजना छ।”
आन्तरिक र बाह्य उडान खोल्ने निर्णय भइनसकेको बताएका पोखरेलले अवस्था अहिलेकोभन्दा खराब भएन भने मात्र विमान सेवा खुला हुने पनि बताए। भदौ १ गतेदेखि विमान सेवा सुरू गर्ने सरकारको तयारी छ।
" /> काठमाडौं। उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले जनजीवन सहज बनाउन लकडाउन खुकुलो मात्र बनाइएको बताएका छन्। न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा पोखरेलले लकडाउन हटाएको नभई खुकुलो पारिएको बताए। कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै मान्छेको जीवन सहज तरिकाले चलोस् र आर्थिक कारोबार अगाडि बढुन् भनेर लकडाउन खुकुलो पारिएको उनको भनाइ थियो।पोखरेलले संक्रमण रोकथाम सरकारको आदेश वा निषेधाज्ञाबाट मात्र सम्भव नभएको भन्दै नागरिक आफै पनि सचेत हुनु जरूरी रहेको बताए। भारतबाट झन्डै १० लाख जति नेपाली फर्किएको र सुरूआतमा क्वारेन्टिनको प्रभावकारी व्यवस्था हुन नसकेको स्वीकार्दै पोखरेलले यतिबेला सरकार क्वारेन्टिनमा र समुदायस्तरमा पुगेर परीक्षण गर्न केन्द्रित भएको जानकारी दिए।

">