काठमाडौं। कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणका लागि ठोस निर्णय लिन प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूसँग परामर्श गर्दैछन्।
लकडाउन खुलेसँगै समुदायस्तरमै संक्रमण फैलिएर भयावह अवस्था आउन सक्ने चिन्ता बढ्न थालेसँगै कोभिड-१९ विरुद्धको सरकारी रणनीति तय गर्न प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन्।
विज्ञहरूसँग परामर्शका लागि बालुवाटारमा बिहान ११ बजे सामुहिक छलफल तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले देखापढीलाई बताए।
आज विज्ञहरूबाट आएको सुझावको आधारमा कोरोना भाइरसको बढ्दो संक्रमणको के-कसरी नियन्त्रण गर्ने योजना बन्ने बताइएको छ।
यसभन्दा अघि पनि प्रधानमन्त्रीले दुईपटक कोभिड-१९ रोकथाम, उपचार तथा नियन्त्रणका लागि विज्ञहरूसँग परामर्श गरेका थिए।
११ चैतबाट लागू गरिएको लकडाउन ७ साउनबाट हटाइएको थियो। लकडाउन हटाइएसँगै छोटो दूरीको सार्वजनिक सवारीसाधान, होटल/व्यवसाय खुला गरिएको थियो। संक्रमणको जोखिम रहिरहँदा सर्वसाधारणमा लापरवाही बढेको टिप्पणी हुन थालेको छ। सार्वजनिक स्थलहरूमा भीडभाड बढेको छ।
अझ १ भदौबाट लामो दूरीका सवारीसाधन र हवाई सेवा सञ्चालन गर्ने सरकारको तयारी छ। तर, नयाँ संक्रमितको संख्या दिनदिनै बढ्न थालेपछि पुन: लकडाउन गर्नुपर्ने आवाजहरू पनि उठ्न थालेको छ।
नेपालमा अहिलेसम्म २० हजार ७५० जना संक्रमित फेला परेका छन्। तीमध्ये १४ हजार ९६१ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। हालसम्म कोभिड-१९ बाट ५७ जनाको मृत्यु भइसकेको छ।
लकडाउन खुलेपछि सबैभन्दा बढी हिजो एकैदिन थप ४१८ जनामा कोभिड-१९ पोजिटिभ पुष्टि भएको थियो।
" /> काठमाडौं। कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणका लागि ठोस निर्णय लिन प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूसँग परामर्श गर्दैछन्।लकडाउन खुलेसँगै समुदायस्तरमै संक्रमण फैलिएर भयावह अवस्था आउन सक्ने चिन्ता बढ्न थालेसँगै कोभिड-१९ विरुद्धको सरकारी रणनीति तय गर्न प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन्।

">