काठमाडौं। समुदायस्तरमा कोरोना संक्रमणको दर उच्च भएकाले २१ दिन तोकेर लकडाउन गरी कर्फ्यू लगाउन जनस्वास्थ्य विज्ञहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्।
प्रधानमन्त्री ओलीले आज जनस्वास्थ्य विज्ञहरूलाई बोलाएर कोराना संक्रमण र उपचारको विषयमा परामर्श गरेका थिए। जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले १५ दिन कडाखालको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।
अर्का जनस्वास्थ्य विज्ञ डा. समिरमणि दीक्षितले स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न नसके भयावह अवस्था आउनेतर्फ प्रधानमन्त्रीलाई सचेत गराएको बताए।
प्रधानमन्त्री ओलीले जनस्वास्थ्य विज्ञसँगै राजनीतिक दलका नेताहरूलाई समेत राखेर परामर्श गरेका थिए।
करीब साढे चार घन्टा लामो छलफलमा मिश्रित प्रक्रिया आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
“विज्ञहरूबाट लकडाउन कडाइ गर्ने वा २१ दिन तोकेर कर्फ्यु लगाउने वा संक्रमण बढेका स्थानमा सिल्ड गर्ने र नागरिक उत्तरदायित्व बढाउने जस्ता मिश्रित सुझावहरू प्राप्त भएका छन्”, थापाले भने।
अस्पतालमा पूर्वाधार बढाउन पनि विज्ञहरूले प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। उनीहरूले आईसीयू र भेन्टिलेटरको उपलब्धता बढाउन पनि प्रधानमन्त्रीलाई सल्लाह दिएका छन्।
सहभागी सबैका सल्लाह तथा सुझाव सुनेपछि प्रधानमन्त्री ओलीले विभिन्न खाले सुझावहरू आएकोमा सरकारले आवश्यक र जायज सुझावहरू कार्यान्वयन गरी अगाडि बढ्ने बताएको थापाले जानकारी दिए।
" /> काठमाडौं। समुदायस्तरमा कोरोना संक्रमणको दर उच्च भएकाले २१ दिन तोकेर लकडाउन गरी कर्फ्यू लगाउन जनस्वास्थ्य विज्ञहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्।प्रधानमन्त्री ओलीले आज जनस्वास्थ्य विज्ञहरूलाई बोलाएर कोराना संक्रमण र उपचारको विषयमा परामर्श गरेका थिए। जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले १५ दिन कडाखालको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

">