काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारको लागि गर्नुपर्ने थप कामको विषयमा सरोकारवाला पक्षहरूसँग परामर्श गरेका छन्।
भर्चुअल बैठकमा प्रदेशका मन्त्रीसहित स्वास्थ्य क्षेत्रका विज्ञ कोरोना भाइरस बढी संक्रमण देखिएका जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी र उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो।
विज्ञ र सरोकारवाला पक्षहरूले आवश्यकता, समन्वय गरेर कोरोना संक्रमणको जोखिम रहेको ठाउँ अनुसार मात्र लकडाउन गर्नुपर्ने सुझाव दिए । मुख्यमन्त्रि राईले सुझावको आधारमा थप कदम चालिने बताए।
राईले कोभिड-१९ नियन्त्रणमा तीनै तहबीचको समन्वयमा जोड दिए।
झापा, मोरङ, सुनसरी, उदयपुरका प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाको संक्रमणको अवस्था र नियन्त्रणको लागि भएगरेका कामको बारेमा जानकारी गराए। उद्योगी व्यवसायीहरूले निजी अस्पताल र होटलहरूलाई पनि आइसोलेसन बनाउन सुझाव दिएका दिएका छन्।
" /> काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारको लागि गर्नुपर्ने थप कामको विषयमा सरोकारवाला पक्षहरूसँग परामर्श गरेका छन्।भर्चुअल बैठकमा प्रदेशका मन्त्रीसहित स्वास्थ्य क्षेत्रका विज्ञ कोरोना भाइरस बढी संक्रमण देखिएका जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी र उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो।

">