समुदायस्तरमा कोरोना फैलिएपछि प्रदेश नं ५ प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित
<p>काठमाडाैं। प्रदेश नं ५ प्रदेशसभाको बैठक अनिश्चितकालसम्मका लागि स्थगन गरिएको छ। समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि आज बोलाइएको बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।</p>
<p>बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। यसअघि प्रदेशसभाको २४ औँ बैठक यही साउन १८ गते बसेको थियो।</p>
<p>रासस</p>
प्रतिक्रिया दिनुहोस्