मकवानपुर । प्रदेश–३ मा प्रदेश–३ मा अहिलेसम्म चार हजार ८०० जनामा डेङ्गु रोगको संक्रमण भेटिएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार चितवनमा एक हजार ८६०, काठमाडौंमा एक हजार ३७०, मकवानपुरमा एक हजार ११०, ललितपुरमा १७, भक्तपुरमा १४५, धादिङमा ३२, काभ्रेमा १२, नुवाकोटमा छ जनामा डेङ्गुको संक्रमण देखिएको हो । त्यस्तै दोलखा, रामेछाप र सिन्धुलीमा एक/एक जनामा संक्रमण देखिएको छ ।
डेङ्गु राेगबाट चितवनमा दुई जना र सिन्धुलीमा एक जना गरी यस प्रदेशमा तीन जनाको मृत्यु भएको छ ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाले डेङ्गु रोग लागेको प्रमाणित भएमा उपचार खर्च वापत जनही तीन हजार दिने घोषणा गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताएका छन् । त्यस्तै हेटौँडा उपमहानगरपालिकाले पनि हेटौँडाका अस्पतालहरुमा डेङ्गु रोग परीक्षण किट उपलब्ध गराएको छ । रासस
" /> मकवानपुर । प्रदेश–३ मा प्रदेश–३ मा अहिलेसम्म चार हजार ८०० जनामा डेङ्गु रोगको संक्रमण भेटिएको छ ।

">