काठमाडौं। कांग्रेस महामन्त्री शशांक कोइरालामा कोभिड-१९ पोजिटिभ देखिएपछि होम आइसोलेसनमा बसेका छन्। महाराजगञ्जस्थित निवासमा बसेका महामन्त्री कोइरालाले भेटघाट पुर्ण रुपमा बन्द गरेका छन्।
महाराजगञ्जस्थित ह्याम्स अस्पतालमा स्वाब परीक्षण गर्दा कोइरालामा कोभिड-१९ पोजिटिभ देखिएको थियो। कोइरालाको फेरि स्टार अस्पतालमा परीक्षण गर्दासमेत रिपोर्ट पोजिटिभ नै देखिएको उनको सचिवालयले जानकारी दिएको छ। विस्तृत जानकारी आजै विज्ञप्तिमार्फत दिइने पनि कोइरालाको निजी सचिवालयले जनाएको छ।
महामन्त्री कोइरालाको निजी सचिवालय र त्यहाँ कार्यरत कर्मचारी तथा आफन्त समेत गरी अन्य १९ जनाको पनि परीक्षण गरिएको थियो। उनीहरु सबैको नतिजा नेगेटिभ आएको छ।
यसैबीच कोइरालाले फेसबुकमार्फत आफूमा कोरोना सङ्क्रमणका कारण स्वास्थ्य सम्बन्धी कुनै समस्या नदेखिएको बताएका छन्। उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन पनि भनेका छन्। चिकित्सकहरुको सल्लाहअनुसार आफू अहिले होम आइसोलेसनमा बसिरहेको पनि उनले जानकारी दिएका छन्।