काठमाडौं। नेपाली कांग्रेसको कोभिड-१९ अनुगमन समितिले कोभिडको सङ्क्रमण झन् बढ्ने खतराप्रति सरकार पूरै उदासीन रहेको आरोप लगाएको छ।
आइसोलेनको व्यवस्था सरकारले पर्याप्त नगरेको र कोरोना सङ्क्रमण पोजेटिभ देखिए पनि सङ्क्रमितहरू घरमै बस्नुपर्ने अवस्था देखिएको समितिले जनाएको छ। समिति संयोजक तथा कांग्रेस सह-महामन्त्री डा. प्रकाशशरण महतले स्थिति यस्तै रहे कोरोना सङ्क्रमण झन बढ्ने बताए।
तैपनि उनले विज्ञप्तिमार्फत् सङ्क्रमण फैलिनसक्ने भन्दै सङ्क्रमितहरूका लागि आइसोलेसनको तत्काल समुचित व्यवस्थापन गर्न माग गरेका छन्। काठमाडौं उपत्यकामा डेरा गरी बसेका कतिपय मानिसहरूले स्वाब परीक्षण गर्दा पोजेटिभ देखिए पनि उनीहरू कुरा लुकाएर बस्नुपर्ने परिस्थिति बनेको उनले बताए।
सरकारी निकायमा फोन गरी आइसोलेसनमा बस्न सङ्क्रमितहरूले माग गर्दा पनि केही दिनपछि सम्पर्क गर्नू भनेर पन्छाउने गरेको आरोप उनले लगाए। डा. महतले लक्षण देखिएका सङ्क्रमितहरूलाई अस्पतालमा उपचारको समुचित व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।
" /> काठमाडौं। नेपाली कांग्रेसको कोभिड-१९ अनुगमन समितिले कोभिडको सङ्क्रमण झन् बढ्ने खतराप्रति सरकार पूरै उदासीन रहेको आरोप लगाएको छ।आइसोलेनको व्यवस्था सरकारले पर्याप्त नगरेको र कोरोना सङ्क्रमण पोजेटिभ देखिए पनि सङ्क्रमितहरू घरमै बस्नुपर्ने अवस्था देखिएको समितिले जनाएको छ। समिति संयोजक तथा कांग्रेस सह-महामन्त्री डा. प्रकाशशरण महतले स्थिति यस्तै रहे कोरोना सङ्क्रमण झन बढ्ने बताए।

">