काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापा काेराेनामुक्त भएका छन्। चाबहिलस्थित ओम अस्पतालमा उपचाररत उनी आज डिस्चार्ज भएका हुन्।
कोरोना संक्रमण पुष्टि भएपछि अध्यक्ष थापा गत असोज ३० गते अस्पताल भर्ना भएका थिए। थापाको स्वास्थ्यमा उल्लेख सुधार भएपछि अस्पतालले उनलाई आज डिस्चार्ज गरेको राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।
काेराेना परीक्षणका क्रममा पाेजिटिभ देखिएका उनलाई टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रस्वासमा केही असहज महसुस भएपछि यस अस्पतालकाे सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो।
डिस्चार्ज पश्चात थापाले उपचारमा संलग्न चिकित्सक, नर्ससहित सबै स्वास्थकर्मी, अस्पताल सञ्चालक र अस्पताल व्यवस्थापन समिति तथा कर्मचारी सबैमा धन्यवाद व्यक्त गरेका छन्।
१० दिनको अस्पताल बसाइपछि डिस्चार्ज भएका अध्यक्ष थापा बूढानीलकण्ठ पासिकोटस्थित निवासमा रहने बर्तौलाले जानकारी दिए।
यसैबीच, अध्यक्ष थापाले विजया दशमीकाे शुभकामना दिँदै सतर्क भएर दसैं मनाउन आग्रह गरेका छन्। उनले आफू काेराेना सङ्क्रमणबाट भर्खरै मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएकाे बताएका छन्।
बिजया दशमी २०७७को पावन अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना
— Kamal Thapa (@KTnepal) October 25, 2020
कोरोनाबाट पिडितभै १०दिनको हस्पिटल बसाईपछी आजै घर फर्केको छु।मेरो स्वास्थ्यप्रति चिन्तालिई स्नेह,सदभाव र शुभकामना दिनुहुने सबैमा सादर कृतज्ञता निवेदन गर्दछु।
ओम हस्पिटल परिवार र सम्पूर्ण स्वास्थकर्मीहरुमा बिशेष आभारी छु pic.twitter.com/nFVEX9ZzwZ
" /> काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापा काेराेनामुक्त भएका छन्। चाबहिलस्थित ओम अस्पतालमा उपचाररत उनी आज डिस्चार्ज भएका हुन्।

">