कैलाली। सरकारमा बसेकाले आफै आफ्नो मापदण्ड मिच्दै सुरक्षाको कुनै पनि मापदण्ड नअपनाई पार्टी प्रवेश गराउने, आफ्नै सम्मान गराउनेलगायत गतिविधि गर्न थालेपछि आलोचित हुनुपरेको छ।
विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणबाट बच्न पालना गर्नुपर्ने स्वास्थ्य मापदण्ड पालना गर्न विभिन्न तहका सरकारमा बसेका नेताहरू आफै गम्भीर भएको देखिँदैन। सरकारले नै भीडभाड हुने गतिविधिहरूमा रोक लगाएको छ। त्यसमा सम्बन्धित जिल्ला प्रशासनले आफूअनुकल मापदण्ड पनि तयार पारेका छन्।
तर, पछिल्लो समयमा राज्य संयन्त्रमा रहेकाहरूबाटै त्यस्तो गतिविधि भने भइरहेका छन्।
यस्तै दृश्य देखियो, शनिबार बझाङको सुर्मा गाउँपालिकामा। सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापालाई स्वागत गर्ने नाममा स्थानीयहरूले नै २५ किलोको माला पहिर्याउन भीड जम्मा गरे। कार्यक्रमका सहभागीहरूले न त मास्क प्रयोग गरेका थिए, न कुनै स्वास्थ्य सुरक्षा मापदण्डको पालना नै गरेका छन्।
सभामुख थापाका प्रमुख स्वकीय सचिव कविन्द्र रोकायाले सभामुखको गृह जिल्लासमेत रहेका बझाङमा विभिन्न योजनाहरूको अनुगमन गर्न सभामुख थापा गृह जिल्ला पुगेका बेला स्थानीयले स्वागत गरेको बताएका छन्।
पछिल्ला दिनमा सत्तामा रहेका नेताहरू नै सुदूरपश्चिमका विभिन्न जिल्लामा पार्टी प्रवेश कार्यक्रममा केन्द्रित भएका छन्। बिहीबार मात्रै संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कैलालीमा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेका थिए।
त्यस्तै, केही दिनअगाडि गृह जिल्ला बाजुरामा विभिन्न कार्यक्रममा सहभागी भएर आएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। उनी पनि बाजुरामा विभिन्न पार्टीका कार्यकर्तालाई पार्टी प्रवेश गराउनमा व्यस्त रहेका थिए।
यी सबै घटनासँगै कोभिड–१९ को महामारीमा विभिन्न तहका सरकार आफै सतर्क नभएको देखाएको छ। यसरी महामारीलाई कम आँकलन गर्दा स्थिति भयावह हुने त होइन भन्ने प्रश्न गम्भीर छ।
" /> कैलाली। सरकारमा बसेकाले आफै आफ्नो मापदण्ड मिच्दै सुरक्षाको कुनै पनि मापदण्ड नअपनाई पार्टी प्रवेश गराउने, आफ्नै सम्मान गराउनेलगायत गतिविधि गर्न थालेपछि आलोचित हुनुपरेको छ।विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणबाट बच्न पालना गर्नुपर्ने स्वास्थ्य मापदण्ड पालना गर्न विभिन्न तहका सरकारमा बसेका नेताहरू आफै गम्भीर भएको देखिँदैन। सरकारले नै भीडभाड हुने गतिविधिहरूमा रोक लगाएको छ। त्यसमा सम्बन्धित जिल्ला प्रशासनले आफूअनुकल मापदण्ड पनि तयार पारेका छन्।

">