काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले भएको पूर्वाधार र जनशक्तिको भरपूर प्रयोग गर्दै अमूल्य मानव जीवनको रक्षा गर्नु आजको पहिलो आवश्यकता भएको बताएकी छिन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी गरेका कामको विवरणबारे आज राष्ट्रपति भवन शीतलनिवासमा जानकारी लिँदै राष्ट्रपति भण्डारीले अहिलेको पहिलो काम जीवन जोगाउनु भएकाेमा जोड दिइन्।

आफूलाई जोखिममा राखेर पनि कोभिड नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्यकर्मीले गरिरहेको प्रयासको प्रशंसा गर्दै उनले अहिलेकाे अवस्थामा बालबालिका, वृद्धवृद्धा र शारीरिक अशक्तता भएका नागरिकको विशेष ख्याल गर्न आग्रह गरिन्।

बढीभन्दा बढी सेवा प्रवाह गर्न र विज्ञको सल्लाह सुझाव लिई अघि बढ्न उनले सरकारलाई सल्लाह दिँदै पूर्वाधार निर्माण र जनशक्ति अभाव पूर्ति गर्न ध्यान दिन तथा महामारी अझै बढे के गर्ने भन्नेबारे तयारी थाल्न सरकारलाई सुझाव दिइन्। गरिबीको चेपुवामा परेका नागरिकको समस्यातर्फ ध्यान दिन आग्रह गर्दै उनले अहिलेको महामारीका बेला स्थानीय तहलाई झन् सक्रिय गराउन आवश्यक रहेकामा जोड दिइन्।

राष्ट्रपति भण्डारीले कोभिडको महामारीबाट पाठ सिकी अब सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै लैजानुपर्ने बताउँदै न्यूनआय भएका, अप्ठ्यारामा परेका तथा गरीबीको दुश्चक्रमा परेकाहरुको समस्याप्रति सबैको ध्यानाकर्षण गराइन्। उनले सामाजिक जनजीवन सहज तुल्याउन तथा राज्यका सम्पूर्ण अंगसहित स्थानीय तहलाई साथमा लिई काम गर्न केन्द्रीय सरकारलाई सुझाव दिइन्।

शय्या पर्याप्त छ : स्वास्थ्यमन्त्री

सो अवसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिडको खोप प्रयोगमा आए नेपाली नागरिक त्यसबाट वञ्चित हुन नपर्ने गरी सरकारले कामकारबाही अघि बढाएको जानकारी दिए।

अस्पतालमा शय्या पर्याप्त भएको जनाउँदै मन्त्री ढकालले कोभिडबाट संक्रमितले उपचारबाट वञ्चित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारे।

काठमाडौं उपत्यकाका विभिन्न सरकारी अस्पतालका निर्देशक तथा पदाधिकारीले कोभिड महामारीका समयमा आआफ्नो अस्पतालले गरेका काम तथा आगामी योजनाबारे राष्ट्रपतिसमक्ष अवगत गराएका थिए। रासस

" /> काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले भएको पूर्वाधार र जनशक्तिको भरपूर प्रयोग गर्दै अमूल्य मानव जीवनको रक्षा गर्नु आजको पहिलो आवश्यकता भएको बताएकी छिन्।

"> सरकारलाई राष्ट्रपतिको सुझाव : महामारीबाट पाठ सिकी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाऊ : Dekhapadhi
सरकारलाई राष्ट्रपतिको सुझाव : महामारीबाट पाठ सिकी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाऊ
काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले भएको पूर्वाधार र जनशक्तिको भरपूर प्रयोग गर्दै अमूल्य मानव जीवनको रक्षा गर्नु आजको पहिलो आवश्यकता भएको बताएकी छिन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी गरेका कामको विवरणबारे आज राष्ट्रपति भवन शीतलनिवासमा जानकारी लिँदै राष्ट्रपति भण्डारीले अहिलेको पहिलो काम जीवन जोगाउनु भएकाेमा जोड दिइन्।

आफूलाई जोखिममा राखेर पनि कोभिड नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्यकर्मीले गरिरहेको प्रयासको प्रशंसा गर्दै उनले अहिलेकाे अवस्थामा बालबालिका, वृद्धवृद्धा र शारीरिक अशक्तता भएका नागरिकको विशेष ख्याल गर्न आग्रह गरिन्।

बढीभन्दा बढी सेवा प्रवाह गर्न र विज्ञको सल्लाह सुझाव लिई अघि बढ्न उनले सरकारलाई सल्लाह दिँदै पूर्वाधार निर्माण र जनशक्ति अभाव पूर्ति गर्न ध्यान दिन तथा महामारी अझै बढे के गर्ने भन्नेबारे तयारी थाल्न सरकारलाई सुझाव दिइन्। गरिबीको चेपुवामा परेका नागरिकको समस्यातर्फ ध्यान दिन आग्रह गर्दै उनले अहिलेको महामारीका बेला स्थानीय तहलाई झन् सक्रिय गराउन आवश्यक रहेकामा जोड दिइन्।

राष्ट्रपति भण्डारीले कोभिडको महामारीबाट पाठ सिकी अब सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै लैजानुपर्ने बताउँदै न्यूनआय भएका, अप्ठ्यारामा परेका तथा गरीबीको दुश्चक्रमा परेकाहरुको समस्याप्रति सबैको ध्यानाकर्षण गराइन्। उनले सामाजिक जनजीवन सहज तुल्याउन तथा राज्यका सम्पूर्ण अंगसहित स्थानीय तहलाई साथमा लिई काम गर्न केन्द्रीय सरकारलाई सुझाव दिइन्।

शय्या पर्याप्त छ : स्वास्थ्यमन्त्री

सो अवसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिडको खोप प्रयोगमा आए नेपाली नागरिक त्यसबाट वञ्चित हुन नपर्ने गरी सरकारले कामकारबाही अघि बढाएको जानकारी दिए।

अस्पतालमा शय्या पर्याप्त भएको जनाउँदै मन्त्री ढकालले कोभिडबाट संक्रमितले उपचारबाट वञ्चित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारे।

काठमाडौं उपत्यकाका विभिन्न सरकारी अस्पतालका निर्देशक तथा पदाधिकारीले कोभिड महामारीका समयमा आआफ्नो अस्पतालले गरेका काम तथा आगामी योजनाबारे राष्ट्रपतिसमक्ष अवगत गराएका थिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्