काठमाडौं। राष्ट्रिय जनमोर्चाले अध्यक्ष चित्रबहादुर केसीको उपचारका लागि सहयोगको याचना गरेको छ।
पार्टीका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले प्रेस वक्तब्यमार्फत अध्यक्ष केसीको उपचार खर्च पार्टी र शुभचिन्तकहरूको सहयोगबाट गर्ने निर्णय गरेको बताए।
बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय ज्योतीनगर कपनमा बसेको बैठकले केसीको लामो समयसम्म अस्प्तालमा राखी उपचार गर्नुपर्ने भएकोले उक्त निर्णय गरिएको कार्यकारी अध्यक्ष नेपालीले बताएका छन्।
केसीको उपचार मेडिसिटी अस्पतालमा आइसोलेसनमा राखेर भइरहेको छ। पीसीआर परीक्षण गर्दा उनलाई बुधबार कोरोना ‘पोजिटिभ’ देखिएको छ।
केही दिन अगाडिदेखि उनी निमोनियाबाट ग्रसित थिए। त्यसअघि पनि उनी स्वास्थ्यसम्बन्धी विभिन्न समस्याबाट पीडित थिए।
जनमोर्चाले सहयोगदाताहरूलाई पार्टीको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा रहेको बचत खाता नम्बर १४२०००४१७३०१ मा सहयोग रकम जम्मा गरिदिन अनुरोध गरेको छ।
" /> काठमाडौं। राष्ट्रिय जनमोर्चाले अध्यक्ष चित्रबहादुर केसीको उपचारका लागि सहयोगको याचना गरेको छ।पार्टीका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले प्रेस वक्तब्यमार्फत अध्यक्ष केसीको उपचार खर्च पार्टी र शुभचिन्तकहरूको सहयोगबाट गर्ने निर्णय गरेको बताए।

">