काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिन्दूहरूको दोस्रो ठूलो पर्व शुभ दीपावली (तिहार)को अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनले शुभकामना सन्देश जारी गर्दै देशभित्र तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका हुन्।
‘‘घरघरमा दीपावली गरी हर्षोल्लासका साथ मनाइने यस उज्यालोको पर्वले सम्पूर्ण नेपालीहरूको मुहारमा क्रान्ति छाउन सकोस्, नेपाली बीचको आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्व कायम गरी देशमा आर्थिक समृद्धिको ढोका खोल्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु,’’ मन्त्री भट्टराईले भनेका छन्।
उनले सबै जातजाति र धर्मावलम्बीहरूको प्रतीकको रूपमा रहेका चाडपर्वहरूले हाम्रो भौगोलिक, धार्मिक, साँस्कृतिक, जातीय तथा भाषिक विविधतालाई मालाजस्तै गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गरेका छन्।
मन्त्री भट्टराईले कोरोना भाइरसको महामारीका कारण चाडपर्व प्रभावित भएको भन्दै यतिबेला आफू बच्ने र अरूलाई पनि बचाउँदै मौलिक पर्वहरूको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।
‘‘यतिबेला हामी कोभिड-१९ को महामारीको चपेटामा छौं। यस महामारीको संक्रमणका कारण हाम्रा संस्कार, संस्कृति एवं सामाजिक गतिविधिहरू प्रभावित बनेका छन्। आफू बच्ने र अरूलाई पनि बचाउनुपर्ने चुनौती एकातिर छ भने हाम्रा मौलिक पर्वहरूको संरक्षण र सम्वर्द्धन गर्नुपर्ने दायित्व पनि छ,’’ उनले सन्देशमा भनेका छन्, ‘‘तसर्थ, यस महामारीबाट जोगिन विश्व स्वास्थ्य संगठनले निर्दिष्ट गरेका सामाजिक दूरी, सरसफाइ, सुरक्षित भोजनजस्ता नियमहरूको पालना गर्दै जो जहाँ छौं, त्यही सुरक्षित तरिकाले यो चाड मनाउन हार्दिक अनुरोध गर्दछु।’’
" /> काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिन्दूहरूको दोस्रो ठूलो पर्व शुभ दीपावली (तिहार)को अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनले शुभकामना सन्देश जारी गर्दै देशभित्र तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका हुन्।‘‘घरघरमा दीपावली गरी हर्षोल्लासका साथ मनाइने यस उज्यालोको पर्वले सम्पूर्ण नेपालीहरूको मुहारमा क्रान्ति छाउन सकोस्, नेपाली बीचको आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्व कायम गरी देशमा आर्थिक समृद्धिको ढोका खोल्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु,’’ मन्त्री भट्टराईले भनेका छन्।

">