भक्तपुर। शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल संवत्लाई नेपालको नयाँ संवत् का रूपमा थालनी गर्नुपर्ने बताएका छन्।
नेपाल संवत् ११४१ को अवसरमा मध्यपुर थिमीमा राष्ट्रिय विभुति शंखधर साख्वाःको प्रतिमामा माल्यापर्ण गर्दै उनले नेपालको आफ्नै संवत्का रूपमा नेपाल संवत् प्रयोगमा लयाउनुपर्ने बताएका छन्।
सबै जाति र भाषाभाषीको अपनत्व हुने गरी नेपाल संवत्लाई प्रचलनमा ल्याउनुपर्ने धारणा राख्दै उनले सबैले नेपाल संवत्लाई नेपालीले कामकाजमा समेत प्रयोग गर्नुपर्ने बताएका छन्। शंखधर साख्वाःलाई राष्ट्रिय विभुति घोषणा गराउनेदेखि टिकट प्रकाशनसँगै नेपाल भाषा उत्थान नेपाल संवत् मनाउन महत्त्वपुर्ण भूमिका खेल्ने पूर्वमन्त्री एवं मानव अधिकारवादी नेता स्वर्गीय पद्मरत्न तुलाधरको योगदानको चर्चा गर्दै मन्त्री श्रेष्ठले उनको सम्झनामा सरकारले रत्नपार्कमा शालिक स्थापना गर्ने अन्तिम तयारी रहेको जानकारी गराएका छन्।
नेपाल संवत् र न्हुदँका हरेका कार्यक्रममा अग्रपंक्तिमा खटिने नेता तुलाधरको योगदानलाई कसैले पनि बिर्सन नसक्ने उनले बताएका छन्। उनले मंसिर ६ गते रत्नपार्कको नाम शंखधर साख्वा पार्क नामाकरण गरी पार्क परिसरमा साख्वाः र तुलाधारको पूर्ण कदको शालिक अनावरण गरिने जानकारी दिएका छन्।
गरिब नेपालीको ऋणमोचन गर्ने शंखधर साख्वाःले गरेको योगदानको कदर गर्दै उनले शुरु गरेको नेपाल संवत्लाई सबैले प्रयोग गर्नुपर्ने उनको भनाइ थियो।
प्रतिमा माल्यार्पण कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवं नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कामकाजीको रूपमा नेपाल संवत् प्रयोगमा ल्याउनुपर्ने बताएका छन्। “अहिले त नेपाल संवत् नेवार समुदायले मात्र मानेको जस्तो भएको छ। सबैको अपनत्व हुने गरी यसलाई व्यापक बनाउनुपर्छ,” उनले भने।
न्हुदँ भिन्तुना कार्यक्रम र नेपाल संवत् मूल समिति गठन गर्दा नेवारबाहेकका जातिलाई पनि समेट्नुपर्ने बताउँदै उनले भने, “नेपाल संवत् सबै नेपालीको हो, अहिलेसम्म किन नेवारको मात्र देखिएको छ? त्यसैले यसलाई सरकारले राष्ट्रिय पर्वका रूपमा मान्यता दिन नसकेको हुनसक्ने भन्दै आगामी वर्ष नेपाल संवत् मनाउँदा विषयमा गम्भीर छलफल आवश्यक रहेको बताए।
फरक प्रसंगमा उनले अहिलेको सरकारले पूर्ण रूपमा ५ वर्ष चलाउनुपर्ने धारणा राख्दै भने– नेकपाको दुईतिहाइ सरकारले पाँच वर्ष सरकार चलाउनैपर्छ। २००७ साल देखि कुनै पनि दलले ५ वर्षसम्म शासन चलाउन सकेको छैन। उनले दुई तिहाइको सरकारले नेपाल भाषालाई कामकाजी भाषाका रूपमा प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने धारणा पनि राखेका छन्।
पूर्वमन्त्री एवं सांसद महेश बस्नेतले आजको दिनलाई सरकारले राष्ट्रिय दिवसको रूपमा मनाउनुपर्ने धारणा राखेमा छन्। उनले भक्तपुरमा तयार हुन लागेको स्मार्ट सिटीको नाम संखधर साख्वाः राख्नुपर्ने, शंखधर साख्वाःको योगदानलाई कदर गर्दै उनले शुरु गरेका नेपाल संवत्लाई सरकारी रूपमा प्रयोग गर्नुपर्ने बताएका छन्।
कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले राष्ट्रिय विभुति शंखधर साख्वाःको नाममा प्रतिमासहित पार्क, शोध र अनुसन्धान गर्न पुस्तकालय र सूचना केन्द्र स्थापना गरिएको बताएका छन्। उनले भने, “नेपालीलाई ऋणमुक्त गर्ने किसान साख्वाःको योगदानलाई सरकारले पूर्ण रूपमा कदर गर्न सकेको छैन, आगामी दिनमा नेपाल संवत् शुरु भएको दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर नेपालभर मनाउनुपर्छ।”
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, उपाध्यक्ष ज्ञानराम श्रेष्ठलगायतले नेपाल संवत्का संस्थापक साख्वाःको योगदानको चर्चा गरेका थिए। मन्त्री श्रेष्ठले निर्माणाधीन शंखधर साख्वाः पार्कको अवलोकनसमेत गरेका छन्।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् ११४१ र न्हुदँको शुभकामना सन्देश पठाउँदै राष्ट्रिय विभुति साख्वाः र उनले प्रवर्तन गरेका नेपाल संवत्ले नेपालीको पहिचान बनाउन सफल भएको उल्लेख गरिएको थियो।
नेपाल संवत् ११४१को अवसरमा काठमाडौँ र ललितपुरमा पनि विविध कार्यक्रम आयोजना गरिएका छन्।
" /> भक्तपुर। शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल संवत्लाई नेपालको नयाँ संवत् का रूपमा थालनी गर्नुपर्ने बताएका छन्।नेपाल संवत् ११४१ को अवसरमा मध्यपुर थिमीमा राष्ट्रिय विभुति शंखधर साख्वाःको प्रतिमामा माल्यापर्ण गर्दै उनले नेपालको आफ्नै संवत्का रूपमा नेपाल संवत् प्रयोगमा लयाउनुपर्ने बताएका छन्।

">