भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरको आयोजनामा विश्व दीर्घ दम खोकी दिवसको अवसरमा बुधबार अनलाइनमार्फत् प्रवचन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखी दम रोगीहरूको उपचारका लागि भक्तपुरको च्याम्हसिंहमा श्वासप्रश्वास पुनर्स्थापना केन्द्र सञ्चालनको तयारी गरिरहेको बताएका छन्। कोभिड–१९ महामारीबीच पनि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्रले दैनिक ५०० जनाको हाराहारीमा बिरामीहरूको उपचार गरिरहेको बताउँदै प्रमुख प्रजापतिले कोभिड–१९ न्यूनीकरणको लागि सबैको सामूहिक भावना आवश्यक भएको बताएका छन्।

धूमपान, वायु प्रदूषण, धूँवा र रसायन प्रदूषण गर्ने उद्योग, परम्परागत पेशा आदिका कारण दम रोगीहरूको संख्या दिनानुदिन बढिरहेको बताउँदै उनले भक्तपुर औद्योगिक क्षेत्रका धूँवा, धूलो तथा रसायन प्रदूषण गर्ने उद्योगहरू काठमाडौं उपत्यकाबाहिर स्थानान्तरण गर्न आवश्यक पहल भइरहेको बताएका छन्।

विशेष अतिथि वरिष्ठ दम रोग विशेषज्ञ डा. सन्तकुमार दासले दीर्घ दम रोगसम्बन्धी प्रस्तुतीकरण गर्दै विश्वमा ६ देखि ७ प्रतिशत मानिसहरूमा दम खोकीको समस्या देखिएको तथ्याङ्क भएको जनाएका छन्। भक्तपुर नगरपालिकाभित्र १९ प्रतिशत मानिसहरूमा यो रोगको समस्या देखिएको उनले बताएका छन्।

दम रोगको पहिचान समयमै हुन सके यसको नियन्त्रण र उपचार सम्भव भएको बताउँदै डा. दासले दीर्घ दम रोगीको जीवनयापनमा नकारात्मक असर पुग्नुका साथै आर्थिक नोक्सानी पनि हुने बताए। भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्याउने श्वासप्रश्वास पुनर्स्थापना केन्द्रबाट दम खोकीका रोगीहरू लाभान्वित हुने उनले बताए।

कार्यक्रममा जनस्वास्थ्य सेवा केन्द्र प्रमुख रत्नसुन्दर लासिवाले दीर्घ दम रोगले सामाजिक र आर्थिक पक्षमा दीर्घकालीन असर पुग्ने हुँदा समयमै यस रोगको पहिचान गरी उपचार गर्नुपर्नेमा जोड दिएका छन्।

" /> भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरको आयोजनामा विश्व दीर्घ दम खोकी दिवसको अवसरमा बुधबार अनलाइनमार्फत् प्रवचन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखी दम रोगीहरूको उपचारका लागि भक्तपुरको च्याम्हसिंहमा श्वासप्रश्वास पुनर्स्थापना केन्द्र सञ्चालनको तयारी गरिरहेको बताएका छन्। कोभिड–१९ महामारीबीच पनि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्रले दैनिक ५०० जनाको हाराहारीमा बिरामीहरूको उपचार गरिरहेको बताउँदै प्रमुख प्रजापतिले कोभिड–१९ न्यूनीकरणको लागि सबैको सामूहिक भावना आवश्यक भएको बताएका छन्।

धूमपान, वायु प्रदूषण, धूँवा र रसायन प्रदूषण गर्ने उद्योग, परम्परागत पेशा आदिका कारण दम रोगीहरूको संख्या दिनानुदिन बढिरहेको बताउँदै उनले भक्तपुर औद्योगिक क्षेत्रका धूँवा, धूलो तथा रसायन प्रदूषण गर्ने उद्योगहरू काठमाडौं उपत्यकाबाहिर स्थानान्तरण गर्न आवश्यक पहल भइरहेको बताएका छन्।

विशेष अतिथि वरिष्ठ दम रोग विशेषज्ञ डा. सन्तकुमार दासले दीर्घ दम रोगसम्बन्धी प्रस्तुतीकरण गर्दै विश्वमा ६ देखि ७ प्रतिशत मानिसहरूमा दम खोकीको समस्या देखिएको तथ्याङ्क भएको जनाएका छन्। भक्तपुर नगरपालिकाभित्र १९ प्रतिशत मानिसहरूमा यो रोगको समस्या देखिएको उनले बताएका छन्।

दम रोगको पहिचान समयमै हुन सके यसको नियन्त्रण र उपचार सम्भव भएको बताउँदै डा. दासले दीर्घ दम रोगीको जीवनयापनमा नकारात्मक असर पुग्नुका साथै आर्थिक नोक्सानी पनि हुने बताए। भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्याउने श्वासप्रश्वास पुनर्स्थापना केन्द्रबाट दम खोकीका रोगीहरू लाभान्वित हुने उनले बताए।

कार्यक्रममा जनस्वास्थ्य सेवा केन्द्र प्रमुख रत्नसुन्दर लासिवाले दीर्घ दम रोगले सामाजिक र आर्थिक पक्षमा दीर्घकालीन असर पुग्ने हुँदा समयमै यस रोगको पहिचान गरी उपचार गर्नुपर्नेमा जोड दिएका छन्।

"> विश्व दीर्घ दम खोकी दिवसको अवसरमा भक्तपुर नगरपालिकाको अनलाइन प्रवचन: Dekhapadhi
विश्व दीर्घ दम खोकी दिवसको अवसरमा भक्तपुर नगरपालिकाको अनलाइन प्रवचन
भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरको आयोजनामा विश्व दीर्घ दम खोकी दिवसको अवसरमा बुधबार अनलाइनमार्फत् प्रवचन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखी दम रोगीहरूको उपचारका लागि भक्तपुरको च्याम्हसिंहमा श्वासप्रश्वास पुनर्स्थापना केन्द्र सञ्चालनको तयारी गरिरहेको बताएका छन्। कोभिड–१९ महामारीबीच पनि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्रले दैनिक ५०० जनाको हाराहारीमा बिरामीहरूको उपचार गरिरहेको बताउँदै प्रमुख प्रजापतिले कोभिड–१९ न्यूनीकरणको लागि सबैको सामूहिक भावना आवश्यक भएको बताएका छन्।

धूमपान, वायु प्रदूषण, धूँवा र रसायन प्रदूषण गर्ने उद्योग, परम्परागत पेशा आदिका कारण दम रोगीहरूको संख्या दिनानुदिन बढिरहेको बताउँदै उनले भक्तपुर औद्योगिक क्षेत्रका धूँवा, धूलो तथा रसायन प्रदूषण गर्ने उद्योगहरू काठमाडौं उपत्यकाबाहिर स्थानान्तरण गर्न आवश्यक पहल भइरहेको बताएका छन्।

विशेष अतिथि वरिष्ठ दम रोग विशेषज्ञ डा. सन्तकुमार दासले दीर्घ दम रोगसम्बन्धी प्रस्तुतीकरण गर्दै विश्वमा ६ देखि ७ प्रतिशत मानिसहरूमा दम खोकीको समस्या देखिएको तथ्याङ्क भएको जनाएका छन्। भक्तपुर नगरपालिकाभित्र १९ प्रतिशत मानिसहरूमा यो रोगको समस्या देखिएको उनले बताएका छन्।

दम रोगको पहिचान समयमै हुन सके यसको नियन्त्रण र उपचार सम्भव भएको बताउँदै डा. दासले दीर्घ दम रोगीको जीवनयापनमा नकारात्मक असर पुग्नुका साथै आर्थिक नोक्सानी पनि हुने बताए। भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्याउने श्वासप्रश्वास पुनर्स्थापना केन्द्रबाट दम खोकीका रोगीहरू लाभान्वित हुने उनले बताए।

कार्यक्रममा जनस्वास्थ्य सेवा केन्द्र प्रमुख रत्नसुन्दर लासिवाले दीर्घ दम रोगले सामाजिक र आर्थिक पक्षमा दीर्घकालीन असर पुग्ने हुँदा समयमै यस रोगको पहिचान गरी उपचार गर्नुपर्नेमा जोड दिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्