काठमाडौं। चलचित्र निर्माता÷वितरक तथा कलाकार करण श्रेष्ठको प्रश्न छ– “चलचित्र क्षेत्र किन खुलेन सरकार ? मजदूर हाम्रोमा पनि छन्।”

उनको यो प्रश्न एक जनाको मात्र नभएर समग्र चलचित्रकर्मीको थियो। गत चैतमा लकडाउन भएदेखि चलचित्र क्षेत्र ठप्प छ। बजार व्यवसाय, कलकारखाना, उद्योगधन्दा सबै क्षेत्र खुलिसकेका छन्। तर, चलचित्र क्षेत्र भने अझै खुल्न सकेको छैन्।

निर्माता श्रेष्ठले मंसिर २ गते सिंहदरबारको पूर्वी गेटमा प्रदर्शन गरे। लामो समयदेखि चलचित्र क्षेत्र ठप्प हुँदा बाच्नै गाह्रो भएको भन्दै उनी आफ्नो पीडा सुनाउन सिंहदरबार पुगेका हुन्।
“आठ महिना भयो। आम्दानी छैन्। कर्मचारीलाई तलब खुवाइरहनुपरेको छ। अफिसको भाडा तिरिराख्नुपरेको छ। बैंकको ब्याज तिर्नुपरेको छ। आम्दानी नै नभएपछि कसरी बाच्ने?” उनले प्रश्न गरे।

“कर तिर्न जाँदा हुने भीडभाडले कोरोना नसर्ने ? राजनीतिक दलका नेता तथा कार्यकर्ताले आन्दोलन गर्दा कोरोना नसर्ने ? तर, हामीले हल खोल्दा कोरोना सर्ने ?” निर्माता करण श्रेष्ठले प्रश्न गरे।

बन्द रहेका हरेक क्षेत्रहरू विस्तारै खुल्दै गएका छन्। हवाई क्षेत्र, यातायात, बजार व्यवसाय लगायतका क्षेत्र खुला छन्। तर, कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै चलचित्र क्षेत्र तत्काल नखोल्ने मनसायमा सरकार देखिएको छ।

चलचित्रकर्मीहरूले चलचित्र उद्योग अब चलायमान बनाउन आग्रह गर्दै आएका छन्। एकातिर छायांकनको काम बन्द छ भने अर्कोतिर हल नखुल्दा छायाङ्कन पुरा गरेका चलचित्र समेत प्रदर्शनमा आउन सकेका छैनन्।

सरकार नसुन्ने भयो : अध्यक्ष प्रधान

चलचित्रकर्मीको माग सरकारले नसुनेको नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानको भनाई छ। “फिल्म क्षेत्र खोल्न माग गर्दा गर्दै हैरान भइसक्यौं। हामीले कराउँदा कराउँदा थाकिसक्यौं। जसले खोल्नुपर्ने हो। त्यो नै कानमा तेल हालेर बसेको छ”, अध्यक्ष प्रधानले भने।

चलचित्र विकास बोर्डमार्फत सरकारलाई दुई पटक ज्ञापनपत्र बुझाउँदा पनि कुनै सुनुवाई नभएको उनको भनाई छ। “हामीहरूको रोजीरोटी नै बन्द भयो। स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर चलचित्र क्षेत्र चलायमान बनाउँछौं भन्दै आएका छौ। तर, अहिलसम्म राज्यले सुनेको छैन्”, उनले भने।

सिनियर भन्दा जुनियर कलाकार बढी समस्यामा : अध्यक्ष खड्का

नेपाल चलचित्र कलाकार संघका रविन्द्र खड्काले सरकारसँग भएको छलफल अनुसार अब चलचित्र क्षेत्र पनि खुल्नु पर्ने बताए।

“हामीले सरकारसँग गरेको पटक पटकको छलफलले त तिहारपछि खोल्नुपर्ने हो। तर, अझै केही होला जस्तो छैन्। सरकारले अनुमति नदिँँदासम्म हामीले केही गर्न सक्दैनौं”, उनले भने।

अहिलेको अवस्थामा सिनियर भन्दा पनि जुनियर कलाकार बढी समस्यामा परिरहेको उनको भनाई छ। “स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्छौ। हलमा पनि सिमित दर्शक राख्छौं”, अध्यक्ष खड्काले भने, “छायाङ्कनको क्रममा पनि सचेत हुन्छौं। यतिमात्र नभएर कोरोनाबारे सचेतना फैलाउछौं पनि भनेकै छौं तर, सरकार सुन्दैन।”

माग सुनुवाईको क्रममा छन् : चलचित्र विकास बोर्ड

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्रकर्मीको मागहरू सुनुवाइको क्रममा रहेको बताए। “अब त चलचित्र क्षेत्र खोल्नुपर्छ भन्ने पक्षमा हामी पनि छौं। उहाँहरूले उठाउनुभएका मागहरू सञ्चार मन्त्रालयमार्फत सीसीएमसीमा पुगेको छ। अब खुल्छ होला”, अध्यक्ष दाहालले भने।

बोर्डले राहत प्याकेज ल्याएको भन्दै चलचित्र क्षेत्र खुला हुने वित्तिकै राहत उपलब्ध गराइने उनको भनाई छ।

" /> काठमाडौं। चलचित्र निर्माता÷वितरक तथा कलाकार करण श्रेष्ठको प्रश्न छ– “चलचित्र क्षेत्र किन खुलेन सरकार ? मजदूर हाम्रोमा पनि छन्।”

"> सबै क्षेत्र खुल्यो, चलचित्र किन खुलेन सरकार ?: Dekhapadhi
सबै क्षेत्र खुल्यो, चलचित्र किन खुलेन सरकार ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्