काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणका कारण दुईजना चिकित्सकहरूको निधन भएकोप्रति दुःख व्यक्त गरेका छन्।
बिरामीहरूको उपचारका क्रममा कोरोना संक्रमण भएर वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सुनिल झा र नेपाल बर्न सोसाइटीका अध्यक्ष डा. नारायणबहादुर थापाको निधन भएकोमा सभापति देउवाले दुःख व्यक्त गरेका हुन्।
दुवै वरिष्ठ चिकित्सकप्रति उनले उच्च सम्मानसहित श्रद्धाञ्जली प्रकट गरेका छन्। दुवैसँगको पुरानो व्यक्तिगत स्मृति गर्दै उनले नेपालको चिकित्सा क्षेत्रमा दुवैको लामो योगदान रहेको चर्चा गरे।
बुधबार प्रेस विज्ञप्तिमार्फत कोरोनाविरुद्धको संघर्षको समयमा कोभिड र ननकोभिड दुवैथरीको उपचारमा संलग्न देशभरका स्वास्थकर्मीहरूको सुरक्षामा विशेष ध्यान पुर्याउन पनि सरकारलाई देउवाको आग्रह छ।
यस्तै, उनले नोभेम्बर १५ मा हङकङको एक होटलमा भएको आगलागीमा परेर ९ जना नेपालीको निधन भएकोमा पनि दुःख व्यक्त गरेका छन्।
मृतक सबैको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजन र हङकङबासी नेपाली समुदायमा समवेदना व्यक्त गरे। अस्पतालमा उपचाररत अन्य घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना पनि उनले गरेका छन्।
" /> काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणका कारण दुईजना चिकित्सकहरूको निधन भएकोप्रति दुःख व्यक्त गरेका छन्।बिरामीहरूको उपचारका क्रममा कोरोना संक्रमण भएर वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सुनिल झा र नेपाल बर्न सोसाइटीका अध्यक्ष डा. नारायणबहादुर थापाको निधन भएकोमा सभापति देउवाले दुःख व्यक्त गरेका हुन्।

">