काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन ११ हजारभन्दा धेरैले ज्यान गुमाएका छन्। गत २४ घण्टाभित्र ११ हजार २७ जना संक्रमितले ज्यान गुमाएका हुन्।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (शनिबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ लाख ७६ हजार ७४९ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.३८ प्रतिशत हो। हालसम्म विश्वभर पाँच करोड ७८ लाख ८८ हजार १२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
कूल संक्रमितमध्ये ६९.२६ प्रतिशत अर्थात् चार करोड ९३ हजार १७३ जना उपचारपछि निको भइसकेका छन्। बाँकी एक करोड ६४ लाख १८ हजार ९० जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ दुई लाख ६० हजार २२६ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप एक हजार ८९३ जनाको मृत्यु भएको छ।
त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ६८ हजार ६६२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।
कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ३२ हजार ७६४ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।
कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख १०४, बेलायतमा ५४ हजार २८६, इटलीमा ४८ हजार ५६९, फ्रान्समा ४८ हजार २६५, स्पेनमा ४२ हजार ६१९, इरानमा ४३ हजार ८९६, पेरूमा ३५ हजार ४८४, अर्जेन्टिनामा ३६ हजार ७९०, कोलम्बियामा ३४ हजार ९२९ तथा रसियामा ३५ हजार ३११ जनाको मृत्यु भएको तथ्यांक छ।
" /> काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन ११ हजारभन्दा धेरैले ज्यान गुमाएका छन्। गत २४ घण्टाभित्र ११ हजार २७ जना संक्रमितले ज्यान गुमाएका हुन्।वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (शनिबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ लाख ७६ हजार ७४९ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.३८ प्रतिशत हो। हालसम्म विश्वभर पाँच करोड ७८ लाख ८८ हजार १२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

">