भारतमा २४ घण्टामा कोरोनाबाट ४९९ जनाको मृत्यु, ४५ हजारभन्दा बढी संक्रमित थपिए
<p style="text-align: justify;">काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा थप ४५ हजार २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ। यो अवधिमा त्यहाँ ४९९ जनाले ज्यान गुमाएका छन्। </p>
<p style="text-align: justify;">वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ९० लाख ९५ हजार ९०८ पुगेको छ। तीमध्ये हालसम्म एक लाख ३३ हजार २६३ जनाको मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">भारतमा ८५ लाख २० हजार ३९ जना संक्रमणमुक्त भएका छन्। अहिले त्यहाँ चार लाख ४२ हजार ६०६ सक्रिय संक्रमित छन्। ठ हजार ९४४ जना गम्भीर बिरामी छन्। </p>