काठमाडौं उपत्यकामा थपिए ९५७ संक्रमित
<p style="text-align: justify;">काठमाडौं। काठमाडौं उपत्यकामा आज ९५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। </p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाभित्र गरिएको पीसीआर परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको जानकारी दिएको छ।</p>
<p style="text-align: justify;">आज थपिएका संक्रमितमध्ये काठमाडौंका ७३३, भक्तपुरका ५३ र ललितपुरका १३१ जना रहेका छन्।</p>
<p style="text-align: justify;">गत २४ घण्टामा थप एक हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २० हजार ३०८ पुगेको छ।</p>