काठमाडौं। गत २४ घण्टामा विश्वमा थप दुई लाख ९५ हजार ३४६ जना संक्रमित कोरोनामुक्त भएका छन्।
यससँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या चार करोड सात लाख ५५ हजार ३६१ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ६९.११ प्रतिशत हो।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ८९ लाख ६७ हजार ४९४ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या एक करोड ६८ लाख १८ हजार ९४० रहेको छ।
नेपालमा आइतबार थप पाँच हजार ६६९ सहित कूल एक लाख ९९ हजार २४ जना उपचारपछि निको भइसकेका छन्। यहाँ सक्रिय संक्रमितको संख्या हाल १९ हजार ९६३ रहेको छ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा सबैभन्दा बढी ८५ लाख ६१ हजार ४४४ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि चार लाख ४५ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।
विश्वमै संक्रमित धेरै हुने देशमध्ये पहिलो स्थानमा रहेको अमेरिकामा आजसम्म ७४ लाख ५१ हजार ५२३ जना उपचारपछि कोरोनामुक्त भएका छन्। अमेरिकामा हाल ४८ लाख ७२ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।
यसैगरी ब्राजिलमा निको हुनेको संख्या ५४ लाख ३२ हजार ५०५ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या चार लाख ६९ हजार ६९९ रहेको तथ्यांक छ।
संक्रमित धेरै हुने मुलुकहरू रसियामा १५ लाख ९५ हजार ४४३, कोलम्बियामा ११ लाख ५० हजार ४९२, पेरूमा आठ लाख ७९ हजार ४३९, अर्जेन्टिनामा ११ लाख ९५ हजार ४९२, दक्षिण अफ्रिकामा सात लाख १० हजार ९९, मेक्सिकोमा सात लाख ७४ हजार ९३०, इरानमा ६ लाख तीन हजार ९३०, जर्मनीमा ६ लाख तीन हजार ८०० तथा इटलीमा पाँच लाख ५३ हजार ९८ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।
" /> काठमाडौं। गत २४ घण्टामा विश्वमा थप दुई लाख ९५ हजार ३४६ जना संक्रमित कोरोनामुक्त भएका छन्।यससँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या चार करोड सात लाख ५५ हजार ३६१ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ६९.११ प्रतिशत हो।

">