काठमाडौं। उत्कृष्ट लयमा रहेका ज्लाटन इब्राहिमोभिचले गरेको दुई गाेल प्रेरित एसी मिलानले गएराति १० खेलाडीमा सीमित नापोलीमाथि ३-१ को विजय हासिल गरेको छ। जितसँगै मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा कायमै छ।

३९ वर्षे फरवार्ड इब्राहिमोभिचले जारी सिजन ६ लिग खेलमा १० गोल गरिसकेका छन्। तर, दोस्रो हाफमा ह्यामस्ट्रिङ चोटका कारण उनले मैदान छाड्नु परेपछि मिलानलाई चिन्तित बनाएको छ।

इब्राहिमोभिचले थियो हर्नान्डेजको पासमा गरेको गोलबाट मिलानले २०औं मिनेटमा अग्रता लिएको थियो। उनले ५४औं मिनेटमा एन्टे रोबिकको क्रसलाई हेडमार्फत् पोष्टको दिशा दिएका थिए।

६३औं मिनेटमा द्रिइस मार्टेन्सको गोलबाट घरेलु टीम नापोलीले पुनरागमनको प्रयास गरेको थियो। त्यसको दुई मिनेट नबित्दै नापोली १० खेलाडीमा सीमित बन्यो। टिएमोउ बाकायोको दोस्रो पहेंलो कार्डको सामना गरेपछि नापोली १० खेलाडीमा सीमित बनेको हो।

इन्जुरी समयमा जेन्स पिटर हगले तेस्रो गोल थपेपछि मिलानले तीन अंक पक्का गरेको थियो।

जितसँगै आठ खेलबाट २० अंक जोडेको मिलान शीर्ष स्थानमा यथावत् छ। समान खेलबाट १८ अंक जोडेको सासउलो दोस्रो स्थानमा छ।

नापोली भने १४ अंकका साथ छैटौं स्थानमा छ। सासउलोले गएराति हेलास भेरोनालाई २-० ले पराजित गरेको थियो।

" /> काठमाडौं। उत्कृष्ट लयमा रहेका ज्लाटन इब्राहिमोभिचले गरेको दुई गाेल प्रेरित एसी मिलानले गएराति १० खेलाडीमा सीमित नापोलीमाथि ३-१ को विजय हासिल गरेको छ। जितसँगै मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा कायमै छ।

३९ वर्षे फरवार्ड इब्राहिमोभिचले जारी सिजन ६ लिग खेलमा १० गोल गरिसकेका छन्। तर, दोस्रो हाफमा ह्यामस्ट्रिङ चोटका कारण उनले मैदान छाड्नु परेपछि मिलानलाई चिन्तित बनाएको छ।

इब्राहिमोभिचले थियो हर्नान्डेजको पासमा गरेको गोलबाट मिलानले २०औं मिनेटमा अग्रता लिएको थियो। उनले ५४औं मिनेटमा एन्टे रोबिकको क्रसलाई हेडमार्फत् पोष्टको दिशा दिएका थिए।

६३औं मिनेटमा द्रिइस मार्टेन्सको गोलबाट घरेलु टीम नापोलीले पुनरागमनको प्रयास गरेको थियो। त्यसको दुई मिनेट नबित्दै नापोली १० खेलाडीमा सीमित बन्यो। टिएमोउ बाकायोको दोस्रो पहेंलो कार्डको सामना गरेपछि नापोली १० खेलाडीमा सीमित बनेको हो।

इन्जुरी समयमा जेन्स पिटर हगले तेस्रो गोल थपेपछि मिलानले तीन अंक पक्का गरेको थियो।

जितसँगै आठ खेलबाट २० अंक जोडेको मिलान शीर्ष स्थानमा यथावत् छ। समान खेलबाट १८ अंक जोडेको सासउलो दोस्रो स्थानमा छ।

नापोली भने १४ अंकका साथ छैटौं स्थानमा छ। सासउलोले गएराति हेलास भेरोनालाई २-० ले पराजित गरेको थियो।

"> मिलानको जितमा इब्राहिमोभिच नायक, शीर्ष स्थानमा यथावत्: Dekhapadhi
मिलानको जितमा इब्राहिमोभिच नायक, शीर्ष स्थानमा यथावत्
काठमाडौं। उत्कृष्ट लयमा रहेका ज्लाटन इब्राहिमोभिचले गरेको दुई गाेल प्रेरित एसी मिलानले गएराति १० खेलाडीमा सीमित नापोलीमाथि ३-१ को विजय हासिल गरेको छ। जितसँगै मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा कायमै छ।

३९ वर्षे फरवार्ड इब्राहिमोभिचले जारी सिजन ६ लिग खेलमा १० गोल गरिसकेका छन्। तर, दोस्रो हाफमा ह्यामस्ट्रिङ चोटका कारण उनले मैदान छाड्नु परेपछि मिलानलाई चिन्तित बनाएको छ।

इब्राहिमोभिचले थियो हर्नान्डेजको पासमा गरेको गोलबाट मिलानले २०औं मिनेटमा अग्रता लिएको थियो। उनले ५४औं मिनेटमा एन्टे रोबिकको क्रसलाई हेडमार्फत् पोष्टको दिशा दिएका थिए।

६३औं मिनेटमा द्रिइस मार्टेन्सको गोलबाट घरेलु टीम नापोलीले पुनरागमनको प्रयास गरेको थियो। त्यसको दुई मिनेट नबित्दै नापोली १० खेलाडीमा सीमित बन्यो। टिएमोउ बाकायोको दोस्रो पहेंलो कार्डको सामना गरेपछि नापोली १० खेलाडीमा सीमित बनेको हो।

इन्जुरी समयमा जेन्स पिटर हगले तेस्रो गोल थपेपछि मिलानले तीन अंक पक्का गरेको थियो।

जितसँगै आठ खेलबाट २० अंक जोडेको मिलान शीर्ष स्थानमा यथावत् छ। समान खेलबाट १८ अंक जोडेको सासउलो दोस्रो स्थानमा छ।

नापोली भने १४ अंकका साथ छैटौं स्थानमा छ। सासउलोले गएराति हेलास भेरोनालाई २-० ले पराजित गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्