काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल संवत् नेवार समुदायको मात्रै नभई सबै नेपालीको संवत् भएको बताएका छन्। यससँगै उनले काठमाडौँ महानगरपालिका नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखघर साख्वाःको भव्य शालिक बनाउन तयार रहेको पनि बताएका छन्।

मध्यपुर ठिमीस्थित शंखधर चोकमा शंखधर सामुदायिक भवन तथा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको भवन उद्घाटन गर्ने क्रममा नगर प्रमुख शाक्यले यस्तो अभिव्यक्ति दिएका हुन्। ११४१ वर्षअघि ऋणमा डुबेका कान्तिपुर र भादगाउँका जनतालाई आफ्नो सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ युगको थालनी गरेका राष्ट्रिय विभूति साख्वाःको सम्मानमा शंखधर दिवसको अवसर पारेर उद्घाटन गरेको भवनले साख्वाःको योगदानलाई चीर स्मरणीय बनाउने पनि प्रमुख शाक्यले बताएका छन्।

“कतिपयलाई नेपाल संवत् नेवार समुदायको मात्रै हो भन्ने भ्रम हुने गरेको छ,” शाक्यले सम्बोधनका क्रममा भनेका छन्, “नेपाल संवत् राष्ट्रिय संवत् हो, यो सबै नेपालीको संवत् भएकाले यसमा कसैले पनि भ्रम पाल्नु हुँदैन।”

शाक्यले शंखधर राष्ट्रिय विभूति भएको भन्दै उनको सम्मान गर्नु भनेको आफ्नै देशको तिथि-मितिको सम्मान भएको बताएका छन्। “केही दिनअघि मात्रै काठमाडौँ महानगरपालिकाले उल्लेखनीय योगदान दिएका वैभव व्यक्तित्व साख्वाःको अमर योगदानको सम्मान गर्दै शंखधर उद्यानमा शालिक स्थापना गरिसकेको छ,” शाक्यले भने, “राज्यलाई योगदान गरेका व्यक्ति, शहीद र राष्ट्रिय विभूतिलाई सबैले चीर कालसम्म चिनून् र सम्झिरहून् भन्ने हेतुले महानगरपालिकाले उहाँहरुको सम्मानमा शालिक निर्माण गर्दै आएको छ।”

उनले साख्वाः मात्रै होइन जहाँनिया राणा शासनविरुद्धको लडाइँका क्रममा सहादत प्राप्त गरेका चार शहीदहरू गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको सम्झनामा पनि काठमाडौँ महानगरपालिकाले पूर्णकदको शालिक निर्माण गरिसकेको जानकारी दिएका छन्।

“महानगरपालिकाले उनीहरू चारैजनालाई मृत्युदण्ड दिएको स्थान शोभाभगवती, सिफल र टेकुमा पूर्णकदको शालिक निर्माण गरेको छ,” उनले बताएका छन्, “धर्मभक्तको पुर्ख्यौली टोल काठमाडौँको झोछेँमा पनि हामीले उनको नाममा पार्क र शालिक निर्माण गरेका छौँ।”

प्रमुख शाक्यले साख्वाःको सम्मानमा उनलाई चीर कालसम्म सम्झनका लागि शालिक निर्माण होस् भन्ने जनस्तरको चाहनालाई महानगरपालिकाले पूरा गर्ने अवसर प्राप्त गरेको पनि स्मरण गराएका छन्। “जनस्तरको चाहनाअनुसार हामीले शंखधरको शालिक निर्माण गरेका हौँ,” उनले भने, “शंखधरजस्तो राष्ट्रिय व्यक्तित्वलाई सानो ठाउँमा शालिक बनाएर राखियो भनेर कता–कताबाट गुसानो आएको पनि सुनेको छु। म उहाँहरूलाई अनुरोध गर्न चाहन्छु, राष्ट्रिय विभूति शंखधरको सम्मानका महानगरपालिकाले कुनै कन्जुस्याइँ गर्नेछैन। शंखधरको भव्य शालिक निर्माणका लागि उपयुक्त स्थान उपलब्ध कसैले गराउँछ भने हातेमालो गर्न र आर्थिक सहयोग गर्न महानगरपालिका तयार छ।”

राष्ट्रिय विभूति शंखधर साख्वाः दिवसको उपलक्ष्यमा मंगलबार नै काठमाडौँ महानगरपालिका–१५ स्थित लखुतीर्थमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पनि उनले त्यही कुरा बताएका छन्। शंखधरसँग जोडिएको उक्त लखुतीर्थलाई काठमाडौँ महानगरपालिकाले पुनर्निर्माण गरी धार्मिक पार्कको रूपमा विकास गर्न लागेको छ।

प्रमुख शाक्यले उक्त पार्क निर्माण भइसकेपछि शंखधर साख्वाःको थप सम्मान हुने अपेक्षा लिएको पनि बताएका छन्।

भक्तपुरको कार्यक्रमलाई सम्बोधन गर्दै मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले आजभन्दा ११४१ वर्षअघि ऋणमा डुबेका कान्तिपुर र भादगाउँका जनतालाई आफ्नो सम्पत्तिबाट ऋण चुक्ता गरी नयाँ युगको थालनी गरेका शंखधर साख्वाः अहिले पनि उपत्यकावासीको मनमुटुमा रहेको स्मरण गराएका छन्।

उनले नेपाल सरकारले नेपाल संवत् ११२० कछलाथ्व दशमी अर्थात् वि.सं. २०५६ मंसिर २ गते साख्वाःलाई राष्ट्रिय विभूति घोषित गरेको स्मरण गराउँदै उनको सम्मानमा सामुदायिक र प्रतिष्ठानको भवन निर्माण गरी हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताएका छन्। श्रेष्ठले नगरपालिकाको ९० लाख, सांसद महेश बस्नेतको सांसद कोषबाट ५० लाख र शंखधर प्रतिष्ठानको तर्फबाट जनश्रमदानसहित १० लाख गरी एक करोड ५० लाखमा सो भवन उपभोक्ता समितिमार्फत् निर्माण भएको हो। उनले भवनमा सूचना केन्द्र, संग्राहलय र हल रहने पनि बताएका छन्।

साख्वाःको इतिहास भक्तपुर र काठमाडौँसँग जोडिएको स्मरण गराउँदै उनले काठमाडौँ महानगरपालिकाको नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गतको आर्थिक सहयोगमा शंखधर पार्क निर्माण भइरहेको पनि जानकारी दिएका छन्।

कार्यक्रममा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले साख्वाःको सम्मानमा नगरपालिकाले गरेको सम्मानको तारिफ गरेका छन्।

" /> काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल संवत् नेवार समुदायको मात्रै नभई सबै नेपालीको संवत् भएको बताएका छन्। यससँगै उनले काठमाडौँ महानगरपालिका नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखघर साख्वाःको भव्य शालिक बनाउन तयार रहेको पनि बताएका छन्।

"> राष्ट्रिय विभूति शंखधरको भव्य शालिक बनाउन महानगर तयार छ : काठमाडौँ नगर प्रमुख: Dekhapadhi
राष्ट्रिय विभूति शंखधरको भव्य शालिक बनाउन महानगर तयार छ : काठमाडौँ नगर प्रमुख

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्