ललितपुर। हरेक वर्ष विशङ्खुनारायण मन्दिरमा हरिबोधनी एकादशीको दिन लाग्दै आएको एकादशी मेला यस वर्ष नलाग्ने भएको छ। विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को जोखिमका कारण यस वर्ष हरिबोधनी एकादशी दिन लाग्ने मेला पूर्ण रूपमा बन्द गरिएको छ।

गोदावरी नगरपालिका–२ स्थित सो मन्दिरमा एकादशीको मेलामा भक्तजन बढी मात्रामा दर्शन गर्न आउने भएकाले कोभिड–१९ को उच्च जोखिमलाई मध्यनजर गरेर मेला लाग्न नदिने निर्णय गरेको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन बताउँछन्।

“मन्दिर प्रवेश गर्ने ठाउँ साँघुरो रहँदा भक्तजनको भीडभाडले कोरोना फैलिने सम्भावना उच्च रहेकाले मेला लाग्न रोक लगाइएको हो,” उनले बताएका छन्।

नारायण दर्शन गर्न देशभरका मानिस विशङ्खु आउने हुँदा यस वर्ष कोभिडका कारण नआउन अनुरोध गरिने वडाध्यक्ष देवेन्द्रकुमार बस्नेतको भनाइ छ। मन्दिरमा अन्य दिनझैँ हरिबोधनी एकादशीको दिन पनि नित्यपूजा मात्र आयोजना गर्ने भएको विशङ्खुनारायण सेवा सुधार समितिका अध्यक्ष राजेन्द्र विष्टले बताएका छन्।

“हामीले भोलि स्थानीयवासीलाई समेत मन्दिर प्रवेशमा रोक लगाउने भएका छौँ। मन्दिरमा मानिसको चहलपहल देखिनेबित्तिकै भीड बढ्ने हुँदा स्थानीयवासीलाई पनि दर्शन गर्न दिइने छैन,” उनले बताए, “नारायण मन्दिरमा कात्तिक १ गतेदेखि मङ्सिर पूर्णिमासम्म दर्शनार्थीको घुइँचो लाग्ने गर्थ्यो।”

यस वर्ष कोरोना फैलिने ख्याल गरेर मन्दिरमा हुने दैनिक भजनकीर्तनमा समेत रोक लगाइएको उनको भनाइ छ।

नेपालका चार नारायणमध्ये विशङ्खुनारायणलाई माहिला नारायणका रूपमा पुजिने गरिएको समितिका सल्लाहकार पुरुषोतम विष्ट बताउँछन्। “हिन्दू धर्मावलम्बीले भक्तपुरको चाँगुनारायणलाई जेठो नारायण, काठमाडौँ दक्षिणकालीमा रहेका शेषनारायणलाई साहिँला नारायण र इचङ्गु नारायणलाई कान्छो नारायणका रूपमा पुज्ने गरेका छन्,” उनी भन्छन्।

हरेक वर्ष पुस १ गते विशङ्खुनारायणको महास्नान हुने गर्छ। महास्नानको दिन वर्षमा एकपटक मात्र भगवानको मूर्तिलाई बाहिर निकालिने चलन रहेको विष्टले जानकारी दिएका छन्।

मुलुकमा कोरोना महामारी आउनुअघि विशङ्खुनारायण मन्दिरमा हरेक हरिबोधनी एकादशीको दिन ठूलो मेला लाग्ने गर्थ्यो। यहाँ नारायणको पूजा र आराधनाका लागि टाढाटाढाबाट भक्तजन आउने गर्थे। शनिबार र सार्वजनिक बिदाका दिन पनि विशङ्खु घुम्ने, दर्शन गर्ने र वनभोज खाने मानिसको चहलपहल उत्तिकै हुन्थ्यो।

हरिबोधनी अर्थात् ठूलो एकादशीको दिनदेखि भगवान नारायण जलबाट उठ्ने हुँदा कात्तिक महिनाभर हिन्दू धर्मावलम्बीले चार नारायणको दर्शन गने परम्परा नेपालमा रहेको छ।

गत वर्षको मेलामा रु ८० देखि ८२ हजार रूपैयाँ उठेको समितिले जनाएको छ।

विशङ्खुनारायणथान ललितपुरको एक प्रसिद्ध तीर्थस्थल हो। यो मन्दिर जमिन सतहबाट १,५०० मिटर उचाइमा रहेको छ। यो मन्दिर ललितपुरको लगनखेलबाट १० किलोमिटर टाढा पर्छ। मन्दिरमा भगवान नारायणको प्रिय बाजा नगरा बजाउने चलन छ। यहाँ केही वर्ष अघिदेखि एक महिलाले भगवानको बिहान पूजासँगै साँझ आरती गर्दा नगरा बजाउँछिन्।

कात्तिक महिनामा दान, पुण्य गरी जाग्राम बसेर बत्ती बाल्दा श्रीवृद्धि हुने विश्वास हिन्दू धर्मावलम्बीमा रहेको छ। प्रत्येक ठूलो एकादशीको दिन तुलसीसँग भगवान् विष्णुको विवाह हुने गर्छ। यो एकादशीमा धुनवेँशी, बनेपा, धुलिखेल, मकवानपुर, हेटौँडा, धादिङ, नुवाकोट, काभ्रेलगायतका स्थानबाट भाडामा सवारीसाधन लिएर भक्तजन दर्शनका लागि विशङ्ख आउने गर्थे।

विशङ्खुनारायण मेलामा विशेष गरी उखु, खुवा, पिँडालु, बदाम, वन तरुल, सखरखण्डलगायत स्थानीय बारीमा उत्पादन भएका तरकारी अनि फलफूल बिक्री हुने गर्थ्यो।

हरिशयनी एकादशीको दिनमा रोपिएको तुलसीलाई हरिबोधनी एकादशीको दिन व्रत बसेर राधाकृष्णको नाममा विभिन्न पकवान बनाएर, फूल, माला, फलफूल वस्त्र र रङ्ग लगाइदिएर पूजाआराधना गर्ने चलन नेपाली समाजमा रहिआएको छ।

ठूलो एकादशीको भोलिपल्ट आ–आफ्ना घरमा तुलसी रोपेका मानिसले होमयज्ञ गरेर तुलसीको उद्यापन गर्ने गर्छन्।

भौगोलिक बनावट शङ्खको आकारमा रहेकाले विशङ्खु भनी नामाकरण भएको स्थानीयवासी ८५ वर्षीय गोविन्द विष्ट बताउँछन्। “यो मन्दिर बह्मा, विष्णु र महेश्वरको पालादेखि सुष्टि भएको हो,” उनी भन्छन्।

रासस

" /> ललितपुर। हरेक वर्ष विशङ्खुनारायण मन्दिरमा हरिबोधनी एकादशीको दिन लाग्दै आएको एकादशी मेला यस वर्ष नलाग्ने भएको छ। विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को जोखिमका कारण यस वर्ष हरिबोधनी एकादशी दिन लाग्ने मेला पूर्ण रूपमा बन्द गरिएको छ।

"> विशङ्खुनारायण मन्दिरमा एकादशी मेला नलाग्ने: Dekhapadhi
तस्बिर साैजन्य - विकिपिडिया
विशङ्खुनारायण मन्दिरमा एकादशी मेला नलाग्ने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्