ललितपुर। आज रातिबाट ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको कार्तिक नाच ललितपुरको मङ्गलबजारमा सुरु हुने भएको छ।
यस वर्ष कोरोनाको महामारीका कारण कार्तिक नाच छोट्याएर दुई दिन मात्र प्रदर्शन गरिने भएको छ। यससँगै यस वर्ष सर्वसाधारणका लागि उक्त नाच अवलोकन गर्न रोक लगाउने जनाइएको छ।
महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण वज्राचार्यका अनुसार उक्त क्षेत्रमा मानिसहरूलाई जम्मा हुन नदिन आवतजावतमा कडाइ गरिनेछ।
यसअघि नै कार्तिक नाच संरक्षण समितिले पनि यस अवसरमा भीड जम्मा नगर्न तथा घरघरमै बसेर अनलाइनमार्फत् यस नाचको अवलोकन गर्न सबैलाई आह्वान गरेको छ। यससँगै समितिले यस नाचका कलाकार, सम्बन्धित पुजारीहरूलगायत सीमित व्यक्तिको उपस्थिति मात्र गराइने जनाएको छ।
त्यस्तै, आज राति देखाइने यस कार्तिक नाचमा १८ वर्षमुनि र ६० वर्षमाथिका मानिसलाई कलाकारमा संलग्न नगराइएको पनि जनाइएको छ। सो उमेर समूहका मानिसमा कोरोनाको जोखिम बढी रहने भएको हुँदा समितिले सो निर्णय गरेको समितिका सचिव विजय तण्डुकारले बताएका छन्।
नाचको शृङ्खलामा आज राति बराह नाचअन्तर्गत भगवान् विष्णुको बराह अवतारले हिरण्याक्ष दैत्यको वध गरेको कथा देखाइनेछ।
कहाँ हेर्ने लाइभ?
कार्तिक नाच संरक्षण समितिका उपाध्यक्ष प्रतापधर शर्माका अनुसार उक्त नाच आज राति ९ बजेबाट सुरु हुनेछ। यस नाचको प्रत्यक्ष प्रसारण समितिको आधिकारिक फेसबुक पेज ‘झीगु कार्तिक नाच’बाट गरिने पनि उनले बताएका छन्।
उक्त पेजमै एक पोस्टमार्फत् दिइएको जानकारीअनुसार नाचको प्रत्यक्ष प्रसारण नेपालमण्डल टिभी तथा युट्युबमार्फत् पनि गरिनेछ।
नाचको इतिहास
वि.सं. १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणका लागि भनी यो नाच चलाएका थिए। यस नाचलाई विश्वमै अनुष्ठानात्मक नाचहरूमा लामोमध्येको मानिन्छ।
कात्तिक नाच प्रथमपटक पाँच दिन तथा सिद्धिनरसिंह मल्लका छोरा राजा श्रीनिवासका पालादेखि ‘बाथःप्याखँ’ नामक लोकनाटक, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन सञ्चालन गरिएको थियो। यसै गरी श्रीनिवासका छोरा राजा योगनरेन्द्रले ‘उषाहरण’ र ‘माधवानल’ दुई नाच पछि थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेको जनाइएको छ।
मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवर्द्धन गर्ने हेतुले वि.सं. २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्को दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको समितिले जनाएको छ। सिद्धिनरसिंहका नाति योगनरेन्द्रका पालामा कात्तिकभरि सञ्चालन गरेको सो नाचमा १७ विधाका कथा वा नृत्य प्रदर्शन गरिन्थ्यो।
" /> ललितपुर। आज रातिबाट ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको कार्तिक नाच ललितपुरको मङ्गलबजारमा सुरु हुने भएको छ।यस वर्ष कोरोनाको महामारीका कारण कार्तिक नाच छोट्याएर दुई दिन मात्र प्रदर्शन गरिने भएको छ। यससँगै यस वर्ष सर्वसाधारणका लागि उक्त नाच अवलोकन गर्न रोक लगाउने जनाइएको छ।

">