काठमाडौं। नेपाल प्रहरीको एकजना प्रहरी नायव निरीक्षक (सई) को कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
बाँकेको नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा उपचारको क्रममा सई यज्ञमणि वैदिकको बिहीबार बिहान साढे ७ बजे मृत्यु भएको हो।
उनी जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत थिए।
रोल्पाका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक सन्तोषकुमार केसीले स्वाबको पीसीआर परीक्षण गर्दा मंसिरको ३ गते वैदिकमा कोरोना संक्रमण पोजेटिभ देखिएको बताए।
उनी सोही दिन बेलुका भेरी अञ्चल अस्पतालमा भर्ना भएका थिए।
“मंसिर ३ गते कोरोना संक्रमण देखिएपछि उहाँ अस्पताल भर्ना हुनु भएको थियो, निमोनियाको संक्रमण पनि रहेछ र ज्वरो आयो उहाँलाई”, रोल्पा प्रहरी प्रवक्ता केसीले देखापढीसँग भने, “उपचारकै क्रममा उहाँको निधन भयो।”
४२ वर्षीय सई वैदिक एक महिना अगाडि सरुवा भएर जिल्ला प्रहरी कार्यालय रोल्पा पुगेका थिए।
त्यसअघि उनी जिल्लाकै प्रहरी चौकी जुँगारको इञ्चाजको भूमिकामा थिए।
उनी दाङका हुन्।
गत मंगलबार सशस्त्र प्रहरी निरीक्षक नवीन बुढाथोकीको पनि मृत्यु भएको थियो। त्यसअघि नेपाली सेनामा कार्यरत दुईजना जवानको मृत्यु भएको सैनिक मुख्यालयले जनाएको हो।
हाल तीनवटै सुरक्षा संगठनमा हजारौंको सङ्ख्यामा कोरोना संक्रमित छन्।
" /> काठमाडौं। नेपाल प्रहरीको एकजना प्रहरी नायव निरीक्षक (सई) को कोरोना संक्रमणका कारण मृत्यु भएको छ।बाँकेको नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा उपचारको क्रममा सई यज्ञमणि वैदिकको बिहीबार बिहान साढे ७ बजे मृत्यु भएको हो।

">