सिफारिस

ललितपुर। ललितपुर महानगरपालिका-१६ ले कार्तिक नाचको अक्षय कोषको लागि १० लाख रूपैयाँ प्रदान गरेको छ।

वडाअध्यक्ष निर्मलरत्न शाक्यले शुक्रबार राति बराह नाच देखाउनुअघि कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारलाई १० लाख रूपैयाँको चेक हस्तान्तरण गरेका हुन्। सोही क्रममा वडाले सम्पूर्ण खर्च व्यहोरेर बनाइएको चाँदीको नयाँ मुकुट पनि हस्तान्तरण गरिएको थियो।

बराहले लगाउने मुकुट धेरै पुरानो र जीर्ण भइसकेकोले नयाँ मुकुट तयार पारिएको हो। १६ वडाकै सहयोगमा गत वर्ष नरसिंहले लगाउने मुकुट फेरिएको थियो।

सो अवसरमा वडाअध्यक्ष शाक्यले ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको कार्तिक नाच चिर स्थायी होस् भनेर नयाँ मुकुट र १० लाख रूपैयाँ प्रदान गरिएको बताएका छन्। सांस्कृतिक र पर्यटकीय नगरी ललितपुरमा थुप्रै अर्मूत संस्कृतिको लोपोन्मुख रहेको चर्चा गर्दै वडाअध्यक्ष शाक्यले ती संस्कृतिको पुनःजीवन र चिरस्थायीका लागि स्थानीय तहले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका छन्।

वडाअध्यक्ष शाक्यले एक वर्षअघि गरेको प्रतिबद्धताअनुरूप रकम र मुकुट प्रदान गरेर संस्कृति संरक्षणमा लाग्नेहरूको उत्साह बढाएको समितिका अध्यक्ष चित्रकारले बताएका छन्।

“संस्कृति संरक्षण गर्नु धेरै गाह्रो छ। यसका लागि सबैको साथ र सहयोग चाहिन्छ,” उनले भने, “संस्कृति संरक्षणमा वडाले एउटा उदाहरण पेश गरेको छ।”

मुकुट हस्तान्तरणपछि नयाँ मुकुट लगाएर बराह नाच प्रस्तुत गरिएको थियो। बराहले लगाउने मुकुट १०० वर्षपछि फेरिएको समितिका प्रचार संयोजक सञ्जय शर्मा राजोपाध्यायले बताएका छन्।

कोरोनाका कारण यस वर्ष दुई दिन मात्र कार्तिक नाच देखाइएको हो।

"> कार्तिक नाच : वडाबाट १० लाख र बराहको नयाँ मुकुट सहयोग: Dekhapadhi
कार्तिक नाच : वडाबाट १० लाख र बराहको नयाँ मुकुट सहयोग

सिफारिस

यस वर्षकाे ‘कार्तिक नाच’ दुई दिनमात्र देखाइने

ललितपुर। ललितपुर महानगरपालिका-१६ ले कार्तिक नाचको अक्षय कोषको लागि १० लाख रूपैयाँ प्रदान गरेको छ।

वडाअध्यक्ष निर्मलरत्न शाक्यले शुक्रबार राति बराह नाच देखाउनुअघि कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारलाई १० लाख रूपैयाँको चेक हस्तान्तरण गरेका हुन्। सोही क्रममा वडाले सम्पूर्ण खर्च व्यहोरेर बनाइएको चाँदीको नयाँ मुकुट पनि हस्तान्तरण गरिएको थियो।

बराहले लगाउने मुकुट धेरै पुरानो र जीर्ण भइसकेकोले नयाँ मुकुट तयार पारिएको हो। १६ वडाकै सहयोगमा गत वर्ष नरसिंहले लगाउने मुकुट फेरिएको थियो।

सो अवसरमा वडाअध्यक्ष शाक्यले ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको कार्तिक नाच चिर स्थायी होस् भनेर नयाँ मुकुट र १० लाख रूपैयाँ प्रदान गरिएको बताएका छन्। सांस्कृतिक र पर्यटकीय नगरी ललितपुरमा थुप्रै अर्मूत संस्कृतिको लोपोन्मुख रहेको चर्चा गर्दै वडाअध्यक्ष शाक्यले ती संस्कृतिको पुनःजीवन र चिरस्थायीका लागि स्थानीय तहले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका छन्।

वडाअध्यक्ष शाक्यले एक वर्षअघि गरेको प्रतिबद्धताअनुरूप रकम र मुकुट प्रदान गरेर संस्कृति संरक्षणमा लाग्नेहरूको उत्साह बढाएको समितिका अध्यक्ष चित्रकारले बताएका छन्।

“संस्कृति संरक्षण गर्नु धेरै गाह्रो छ। यसका लागि सबैको साथ र सहयोग चाहिन्छ,” उनले भने, “संस्कृति संरक्षणमा वडाले एउटा उदाहरण पेश गरेको छ।”

मुकुट हस्तान्तरणपछि नयाँ मुकुट लगाएर बराह नाच प्रस्तुत गरिएको थियो। बराहले लगाउने मुकुट १०० वर्षपछि फेरिएको समितिका प्रचार संयोजक सञ्जय शर्मा राजोपाध्यायले बताएका छन्।

कोरोनाका कारण यस वर्ष दुई दिन मात्र कार्तिक नाच देखाइएको हो।

सिफारिस

आज राति ९ बजेबाट कार्तिक नाच सुरु हुने : कहाँ हेर्ने लाइभ?

सिफारिस

पाटनमा कार्तिक नाच : स्वास्थ्य मापदण्ड पालना गरेर मञ्चन हुँदै

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्