काठमाडौँ। ललितपुरको प्रसिद्ध कार्तिक नाचअन्तर्गत शनिबार मध्यरातमा नरसिंह अवतारको नाच प्रस्तुति हुँदै छ।

सो नाचको क्रममा एउटा दृश्य आउँछ, प्रह्लादलाई ‘ॐ नमः शिवाय’ सिकाउन दुई ऋषिहरू प्रयास गर्छन्। भगवान् विष्णुका भक्त र दैत्यराज हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई यसरी शिवमन्त्र सिकाउन खोज्दा प्रह्लादले भने ‘ॐ नमो भगवते वासुदेवाय’ मात्र भन्ने यस दृश्यमा प्रदर्शन गरिन्छ।

यसअघिको दृश्यमा दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रह्लादलाई शिक्षा दिनका लागि दुई ऋषिलाई आमन्त्रण गर्छन् र प्रह्लादलाई दुई ऋषिसँग पठाउँछन्।

नाचका क्रममा ऋषिद्वयले भक्त प्रह्लादलाई ‘ॐ नमः शिवाय’ मन्त्र सिकाउन गर्ने प्रयासलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको हुन्छ। दुवै ऋषिले पालैपालो गरी पढाउन खोज्ने क्रममा दुवैले एक अर्कालाई गिज्याउँछन्, पिट्छन् र दर्शकलाई हँसाउँछन्। विष्णुभक्त प्रह्लादलाई सिकाउन नसकेर आखिर उनीहरूले दैत्यराजसमक्ष प्रह्लादलाई सुम्पिन्छन्।

नाचको यस खण्डमा लेखिएकै संवाद निकै थोरै छ भने कलाकारहरूले आफै त्यहाँ कुराकानी गर्छन्।

कलाकारले यत्तिको स्वतन्त्रता पाउँदा यो अवसरमा शिक्षाप्रणाली, शिक्षकलगायतलाई कसिलो व्यङ्ग्य पनि गर्छन्। चिट चोरेर पास गर्ने, पढ्न नजान्ने, पढाउने ढङ्ग नभएको, सिकाउने आफैले पढ्न नसक्ने, पढाउने तरिका थाहा नभएको, एसएलसीमा फेल भएका शिक्षकजस्ता व्यङ्ग्य केही वर्षयता चल्दै आएको हास्यव्यङ्ग्य हो।

यसै क्रममा शनिबार मध्यरातमा भर्चुअल दर्शकलाई नै भए पनि कलाकारहरूले हँसाएका छन्। विश्वव्यापी रूपमा फैलिएको कोरोनाभाइरसका कारण कार्तिक नाचको यो महत्त्वपूर्ण र सर्वाधिक लोकप्रिय नाचमा सीमित व्यक्तिहरूको मात्र उपस्थिति गराइएको हो। त्यस्तै, नाचलाई पनि हिजो वराह नाच र आज नरसिंह नाचमा सीमित गरिएको हो।

अब केही बेरमा भगवान् विष्णुको चौथो अवतार नरसिंहले दैत्यराज हिरण्यकश्यपुको वध गरेको दृश्य प्रदर्शन हुँदै छ।

" /> काठमाडौँ। ललितपुरको प्रसिद्ध कार्तिक नाचअन्तर्गत शनिबार मध्यरातमा नरसिंह अवतारको नाच प्रस्तुति हुँदै छ।

"> कार्तिक नाच – विष्णुभक्त प्रह्लादलाई ‘ॐ नमः शिवाय’ सिकाउँदा ...: Dekhapadhi
कार्तिक नाच – विष्णुभक्त प्रह्लादलाई ‘ॐ नमः शिवाय’ सिकाउँदा ...

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्