कपाल लामो बनाउन सहयोगी हुन्छन् भिटामिन, कपाल झर्न पनि रोक्छ

काठमाडौं। कपाल झर्ने समस्याबाट आजकाल अधिकांस मानिस पीडित छन्। कपाल लामो नहुनु सौन्दर्यप्रति सचेत मानिसहरुको आजकाल अर्को समस्या हो।

खासगरी महिलाहरुमा कपाल झर्ने र लामो नहुने समस्याले धेरै चिन्ता बढाएको हुन्छ। कपाललाई बलियो तथा लामो बनाउनका लागि महिलाहरुले थुप्रै खालका स्याम्पुको प्रयोग वा उपचार गर्ने गरेको पाइन्छ।

तर ब्युटिसियनहरुको सल्लाह मान्ने हो भने त्यस्ता उपचारलाई बेवास्था गरेर खानामा केही भिटामिन समावेश गर्नुपर्छ। जसले कपाल तिब्र गतिमा लामो हुन सक्छ।

खानपिनमा केही भिटामिनको प्रयोगले महिलाहरुले कपालका लागि गर्दै आएको महंगा तेल, स्याम्पु र कन्डिसनरलगायतका सामाग्रीको प्रयोग आवस्यक हुँदैन।

पक्कै पनि कपाल बलियो बनाउन र चाढो चाढो बढाउनका लागि जादु सम्भव छैन। तर भिटामिन ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘इ’ को आवस्यक प्रयोगले कपाल झर्ने र नबढ्ने समस्यासँग जुध्न भने महत्वपूर्ण सहयोग गर्ने विज्ञहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्