काठमाडौं। भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ९३ लाख ९२ हजार ९२० नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ।
भारत कोरोना भाइरसबाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको राष्ट्र हो।
भारतमा १३ करोड ९५ लाख ३ हजार ८०३ जना व्यक्तिको कोरोना भाइरसको परीक्षण भएको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर) ले जानकारी दिएको छ।
हिजो मात्र १२ लाख ८३ हजार ४४९ जनाको परीक्षण गरिएको छ।
भारतमा पछिल्लो २४ घण्टामा थप ४९६ जना कोरोना संक्रमणको कारण मृत्यु भएपछि भारतभर कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख ३६ हजार ६९६ पुगेको छ।
त्यहाँ कोरोना भाइरस सुरू भएयता भएका सम्पूर्ण संक्रमितहरु मध्ये ८८ लाख दुई हजार २६७ व्यक्ति संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।
भारको महाराष्ट्र,दिल्ली र केरला कोरोना महामारीबाट बढी प्रभावित राज्यको रूपमा रहेको छ। रासस/एएनआई
" /> काठमाडौं। भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ९३ लाख ९२ हजार ९२० नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ।भारत कोरोना भाइरसबाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको राष्ट्र हो।

">